default_image

3 years ago

September 22, 2022

टि२० विश्वकप छनोटमा जिम्बावे युएईसँग स्तब्ध

210 views

0 Bookmark

एजेन्सी – युएईले आइसिसी वुमन्स टि२० विश्वकप छनोटमा टेस्ट टोली जिम्बावेलाई ४ विकेटले हराएको छ । समूह बी को पुछारमा रहेको युएईले अन्तिम बलमा शीर्ष स्थानको जिम्बावेलाई स्तब्ध पारेको हो ।


जितको लागि १ सय २१ रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम ६ बलमा युएईलाई जितको लागि १४ रन चाहिँएको थियो । नोम्वेलो सिबांडाले पहिलो बलमा दुई रन खर्चिन् ।

दोस्रो र तेस्रो बलमा एक एक रन दिइन् । चौथो बल डट राखेकी थिइन् । अन्तिम २ बलमा १० रन चाहिँएको थियो । पाँचौं बल वाइडसहित चार रन खर्चिन् । लगत्तै अर्को बलमा दुई रन खर्चिन् । वैष्णव महेशले अन्तिम बलमा चौका हान्दै खेल जिताइन् ।

युएईकी कविशा इगोेडागे ५७ बलमा ३ चौकासहित सर्वाधिक ४१ रनमा अविजित रहिन् । ईशा ओझा २६ बलमा ३ चौका र २ छक्कासहित ३६ रनमा आउट भइन् । विजयी चौका हानेकी महेश ५ बलमा ९ रनमा अविजित रहिन् । जिम्बावेकी लोरेन त्सुमा र प्रिसियोस मारेन्जले दुई दुई विकेट लिए ।

त्यसअघि आबुधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन बनायो । जिम्बावेकी शार्न मेयर्सले २३ बलमा ४ चौकासहित सर्वाधिक २३ रन बनाइन् । मोडेस्टर मुपाचिका २३ बलमा १ चौकासहित २२ रनमा अविजित रहिन् । युएईकी महेशले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिइन् । खुशी शर्माले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिइन् ।

समूह ए बाट बंगलादेश र आयरल्यान्ड सेमिफाइनलमा पुगेका छन् । बंगलादेश ३ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रह्यो । आयरल्यान्ड तीन खेलमा २ मा जितका साथ दोस्रो स्थानमा रह्यो । स्कटल्यान्ड दुई अंक र अमेरिका अंक विहीन हुँदै बाहिरिए ।
समूह बी मा जिम्बावे ३ खेलमा २ मा जित र १ मा हारसहित शीर्ष स्थानमा रह्यो । थाईल्यान्ड ३ खेलमा २ मा जित सहित दोस्रो स्थानमा रह्यो । पपुवा न्युगिनी र युएई समान २ अंकका साथ तेस्रो र चौथो स्थानमा रहेर बाहिरिए ।

पहिलो सेमिफाइनलमा बंगलादेश र थाईल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा जिम्बावे र आरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ । फाइनलमा पुग्ने दुई टोली आगमी वर्ष दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि छनोट हुनेछन् । नेपाल भने एसिया क्षेत्रैबाट बाहिरिएको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.