default_image

2 years ago

September 28, 2022

अश्मिना बागमतीको कप्तान, सुमन उपकप्तान

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर अश्मिना कर्माचार्यको कप्तानीमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितालाई १४ सदस्य टोली घोषणा गरेको छ । त्यस्तै अलराउन्डर सुमन खतिवडालाई भने बागमतीले उपकप्तानको जिम्मेवारी दिएको छ । घोषणा टोलीमा अश्मिना, सुमन, कन्चन श्रेष्ठ, आरती बिडारी र खुशी डंगलोल लगायतका खेलाडी छन् । सुमन र अश्मिनाको […]

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर अश्मिना कर्माचार्यको कप्तानीमा बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितालाई १४ सदस्य टोली घोषणा गरेको छ ।

त्यस्तै अलराउन्डर सुमन खतिवडालाई भने बागमतीले उपकप्तानको जिम्मेवारी दिएको छ । घोषणा टोलीमा अश्मिना, सुमन, कन्चन श्रेष्ठ, आरती बिडारी र खुशी डंगलोल लगायतका खेलाडी छन् ।

सुमन र अश्मिनाको प्रदर्शनमा धेरै निर्भर रहनेछ । सिनियर टोलीमा १३ औं दक्षिण एसियासली खेलकुद (साग) पछि नभएकी सुमन घरेलु प्रतियोगितामा सानदार प्रदर्शनका साथ पूनरागमन गर्ने सोचमा हुनेछिन् ।

नवौं खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म पोखरामा हुँदैछ । तर महिला क्रिकेट भने असोज २३ देखि हुने बताइएको छ । यता पुरुषतर्फ क्रिकेट भने काठमाडौंमा सम्पन्न भई सकेको छ ।

नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै नवौंको पहिलो स्वर्ण जितेको थियो । तर वर्षाको कारण २९ मध्य १८ खेल हुन सकेनन् । बागमती प्रदेश र नेपाल एपिएफ क्लब भने एक खेल पनि खेल्न नपाई बाहिरिएका थिए ।

बागमतीको टोली :

अश्मिना कर्माचार्य (कप्तान), सुमन खतिवडा (उप-कप्तान) विन्दा कटुवाल, बिपीशा, कन्चन श्रेष्ठ, अनिशा मजाकोटी, सोनी पाख्रिन, अस्मिता खरेल, आरती विडारी, कृष्मा गुरुङ, खुसी डंगोल, सलिना सिलवाल, संस्कृति फुँयाल र हेलिशा गुरुङ ।

वैकल्पिक :

साविका कुमारी यादव, श्वइच्छा खड्का, अनुशा रोका र क्यानुका बस्नेत ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.