default_image

2 years ago

September 30, 2022

क्रिस गेलको उत्कृष्ट ब्याटिङ

एजेन्सी – विश्व टि२० क्रिकेटका सर्वाधिक सफल ब्याटर क्रिस गेलले भारतमा जारी लेजेन्ड्स लिग क्रिकेटमा गुजरात जायन्ट्सबाट भिलवारा किंग्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका छन् । गेलको अर्धशतकमा गुजरातले किंग्सलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ । जोधपुरमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो […]

120 views

0 Bookmark

एजेन्सी – विश्व टि२० क्रिकेटका सर्वाधिक सफल ब्याटर क्रिस गेलले भारतमा जारी लेजेन्ड्स लिग क्रिकेटमा गुजरात जायन्ट्सबाट भिलवारा किंग्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका छन् । गेलको अर्धशतकमा गुजरातले किंग्सलाई १ सय ८७ रनको बलियो लक्ष्य दिएको छ ।


जोधपुरमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन बनायो ।गुजरातका क्रिस गेलले ४० बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए । ४३ वर्षीय गेललाई किंग्सका शेन वाटसनले १४ औं ओभरको चौथो बलमा युसुफ पठानबाट क्याच गराएका थिए ।

आक्रामक ब्याटिङ गर्नेक्रममा गेलले युसुफ पठानलाई एकै ओभरमा तीन चौका र दुई छक्का हान्दै कुल २५ रन जोडेका थिए । आठौं ओभरको दोस्रो, तेस्रो र पाँचौं बलमा गेलले पठानलाई चौका हानेका थिए । चौथो र छैटौं बलमा छक्का हानेका थिए । त्यसपछि पठानले पुन बलिङ पाएनन् ।

ओपनर लेन्डन सिमन्सले १८ बलमा ५ चौकासहित २२ रन बनाए । कप्तान पार्थिव पटेल र केभिन ओ ब्रायन ४ रनमा आउट भए । यी दुबै युसुफ पठानको बलमा आउट भएका थिए । मध्यक्रमका यशपाल सिंह ३७ बलमा ६ चौका र २ छक्कासहित ५८ रन बनाए ।

थिसरा परेरा ११ बलमा १ चौका र १ छक्कासति १९ रनमा आउट भए । किंग्सका युसुफ पठानले २ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । श्रीसान्त, सुदीप त्यागी र शेन वाटसनले एक एक विकेट लिए ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.