default_image

2 years ago

September 30, 2022

बाबरको कीर्तिमानी ब्याटिङमा इंग्ल्यान्डलाई बलियो लक्ष्य

एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी ब्याटिङमा पाकिस्तानले छैटौं टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ७० रनको बलियो लक्ष्य दिएको छ । लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । पाकिस्तानका कप्तान बाबर आजम ५९ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनमा […]

207 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजमको कीर्तिमानी ब्याटिङमा पाकिस्तानले छैटौं टि२० आई खेलमा इंग्ल्यान्डलाई १ सय ७० रनको बलियो लक्ष्य दिएको छ । लाहोरमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनायो ।

पाकिस्तानका कप्तान बाबर आजम ५९ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ८७ रनमा अविजित रहे । बाबरको यो २७ औं टि२० आई अर्धशतक हो । टि२० आई करिअरको ३ हजार रन पूरा गरेका छन् । उनले ८१ इनिङमा तीन हजार पूरा गरेका हुन् ।

बाबरले टि२० आईमा सर्वाधिक तीन हजार रन पूरा गर्ने विश्व कीर्तिमान भारतीय ब्याटर विराट कोहलीसँग बराबरी गरेका छन् । कोहलीले पनि ८१ इनिङमै पूरा गरेका थिए । न्युजिल्यान्डका मार्टिन गुप्टिलले १ सय १, भारतका रोहित शर्माले १ सय ८ र आयरल्यान्डका पउल स्टर्लिङले १ सय १३ इनिङमा तीन हजार रन पूरा गरेका थिए । समग्रमा टि२० आईमा बाबर तीन हजार पूरा गर्ने पाकिस्तानका पहिलोे र विश्वका पाँचौं खेलाडी हुन् ।

पाकिस्तानले आजको खेलमा ओपनर मोहम्मद रिजजानको स्थानमा मोहममद हरिसलाई डेब्यू दिएको थियो । हरिस रिचर्ड ग्लेसनको बलमा ७ रनमा क्याच भए । डेविड विल्लीले शन मकसुदलाई शून्यमा एलबीडब्लू आउट गरे ।

तेस्रो विकेटका लागि बाबर र हैदर अलीले ३२ बलमा ४७ रनको साझेदारी गरे । हैदर अली १४ बलमा १ चौका र १ छक्कासहित १८ रनमा आउट भए । इफ्तिखार अहमद २१ बलमा २ चौका र २ छक्कासहित ३१ र आसिफ अली ९ रनमा आउट भए । मोहम्मद नवाजले १२ रनमा आउट भए ।

इंग्ल्यान्डका साम करनले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । डेविड विल्लीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । रिस टोप्ली र रिचर्ड ग्लेसनले एक एक विकेट लिए । सात टि२० आई खेलको सिरिजमा पाकिस्तानले ३–२ को अग्रता लिएको छ ।

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.