default_image

2 years ago

October 5, 2022

बुमराहको स्थान लिनसक्ने सम्भावित तीन खेलाडी

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले दुई सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाई सकेका छन् । प्रमुख बलर घाइते भएपछि भारत ठूलो समस्यामा छ । पछिल्ला दुई खेलमा दक्षिण अफ्रिकाविरुद्ध भारतीय बलरले २ सय २० माथि रन खर्चिएका छन् । बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाएका […]

102 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले दुई सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाई सकेका छन् । प्रमुख बलर घाइते भएपछि भारत ठूलो समस्यामा छ । पछिल्ला दुई खेलमा दक्षिण अफ्रिकाविरुद्ध भारतीय बलरले २ सय २० माथि रन खर्चिएका छन् ।

बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाएका हुन् । बुमराहले अघिल्लो दुई साता अघि अष्ट्रेलियाविरुद्ध दोस्रो टि२० आई खेलबाट पूनरागमन गरेका थिए । तेस्रो खेलमा भने बुमराहले ४ ओभरमा ५० रन खर्चेका थिए । जुन बुमराहले टि२० आई करिअरमा गरेको सबैभन्दा खराब प्रदर्शन थियो ।

भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बुमराह नहुँदा बलिङ आक्रामण कमजोर हुने देखिन्छ । टि२० एसिया कपमा बुमराह नहुँदा सुपर फोरबाटै बाहिरिएको थियो । भारत बुमराहको स्थानमा सहि विकल्पको खोजीमा छ ।

अष्ट्रेलियाको परिस्थीति र टोलीको आवश्यकतालाई ध्यानमा राख्दै बुमराहको स्थानमा खेलाडीलाई मौका दिनेछ । कप्तान रोहित शर्माले अनुभवी खेलाडी खोजेको बताएका छन् । बुमराहको स्थान लिनसक्ने तीन बलर यस प्रकार छन् ।

३.उमेश यादव

तीव्र गतिका बलर उमेश यादव बुमराहको स्थान लिनसक्ने सम्भावित बलर हुन् । इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ बलको साथ राम्रो प्रदर्शन गर्दै आएका उमेश भारतीय टोलीको रोजाई बन्नसक्छन् । उमेशले भारतबाट ९ टि२० आई खेलमा १२ विकेट लिएका छन् ।

उमेशले अघिल्लो महिना मोहालीमा अष्ट्रेलियाविरुद्ध पहिलो टि२० आई खेलमा स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलको विकेट लिएका थिए । तर दोस्रो र तेस्रो खेलमा बुमराह उपलब्ध हुँदा उनी बेन्चमा रहे । दक्षिण अफ्रिकाविरुद्ध अन्तिम खेलमा पनि उमेशले एक विकेट लिएका थिए । भारतले पछिल्लो समय उमेशलाई मौका दिएको हुँदा बुमराहको स्थान लिनसक्छन् ।

२. दीपक चाहर


तीव्र गतिका बलर दीपक चाहर नयाँ बलका लागि चिनिन्छन् । उनले नयाँ बलका साथ स्वींग गराउने गर्दछन् । भारतबाट टि२० आईमा एक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने कीर्तिमान बनाएका चाहर चोटपछि फर्किएका छन् ।

गत अगष्टमा उनले जिम्बावे भ्रमणमा राम्रो प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाविरुद्ध पनि उनले पहिलो खेलमा राम्रो प्रदर्शन गरे । बुमराह चोटपछि चाहर खेल्दै आएका छन् ।

भारतबाट २४ टि२० आई खेलमा २९ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन सात रन खर्चेर ६ विकेट छ । अर्कोतर्फ उनले तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्ने गर्दछन् । पछिल्लो समय अन्तर्राष्ट्रिय सिरिज पनि खेल्दै आएका छन् । जसको कारण भारतले चाहरलाई मौका दिनसक्छ । चाहर भारतको वैकिल्पक खेलाडीको सूचिमा छन् ।

१.मोहम्मद शामी

तीव्र गतिका बलर मोहम्मद शामी पछिल्लो समय कोरोना देखिएपछि अष्ट्रेलिया र दक्षिण अफ्रिका सिरिज गुमाएका थिए । बुमराह घाइते भएपछि भारत अनुभवी बलरनै खोज्ने देखिन्छ । भारतको वैकल्पिक सूचिमा रहेका खेलाडीमा शामी सर्वाधिक अनुभवी खेलाडी हुन् । अनुभवी खेलाडीको कारण शामीलाई नै मौका दिनसक्छ ।

भारतीय तीव्र गतिका बलरमा भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीपसिंह छन् । यी तीन बलरमा भन्दा बढी अनुभव शामीसँग छ । दबाबमा अनुभवी खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुन्छ । भारतबाट टि२० आई गतवर्ष टि२० विश्वकपमा नामिबियाविरुद्धपछि खेलेका छैनन् ।

गतवर्ष गुजरात टाइटन्सलाई च्याम्पियन बनाउन शामीले आइपिएलमा उत्कृष्ट प्रदर्शन गर्दै २० विकेट लिएका थिए ।
नयाँ बलका साथ पावर प्लेमा उत्कृष्ट प्रदर्शन गरेका थिए । डेथ ओभरमा हर्षल र अर्शदीप हुनेछन् । भुवनेश्वर कुमारको प्रदर्शन राम्रो हुन नसक्दा शामी नयाँ बलका लागि सहि विकल्प हुनसक्छन् । अनुभव र टोलीको आवश्यक हेर्दा बुमराहको स्थान लिनसक्ने प्रमुख दाबेदार पनि देखिन्छन् ।

भारतको विश्वकप खेल्ने टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

वैकल्पिक : मोहम्मद शामी, श्रेयस ऐर, रवि विश्रोई र दीपक चाहर ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.