default_image

2 years ago

October 5, 2022

वेस्टइन्डिजमाथि अष्ट्रेलियाको रोमान्चक जित

एजेन्सी – कप्तान आरोन फिन्चको अर्धशतक र तीव्र गतिका बलर जोश हेजलवुडको उत्कृष्ट बलिङमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा वेस्टइन्डिजमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा […]

98 views

0 Bookmark

एजेन्सी – कप्तान आरोन फिन्चको अर्धशतक र तीव्र गतिका बलर जोश हेजलवुडको उत्कृष्ट बलिङमा घरेलु टोली अष्ट्रेलियाले पहिलो टि२० आई खेलमा वेस्टइन्डिजमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । योसँगै दुई टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।


जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा चौथो नम्बरमा ब्याटिङ गरेका कप्तान आरोन फिन्चले ५३ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । तल्लोक्रमका विकेटकिपर म्याथ्यु वेडले २९ बलमा ५ चौकासहित ३९ रनमा अविजित रहँदै खेल सकाए ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिँएको थियो । स्ट्राइकमा म्याथ्यु वेड र बलरमा शेल्डन कटरेल थिए । पहिलो बल कटरेललाई वेडले चौका हाने । दोस्रो बलमा रायमन रिफरले डिप प्वाइन्टमा क्याच ड्रप गरेपछि वेडले दुई रन लिए । तेस्रो बलमा एक रन बटुले । चौथो बलमा मिचेल स्टार्कले दुई रन बटुले ।


अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिँएको थियो । स्टार्कले पाँचौं बलमा विजयी दुई रन प्रहार गरे । स्टार्क ४ बलमा ६ रनमा अविजित रहे । दोस्रो ओभरमा तीव्र गतिका बलर शेल्डन कटरेलले डेविड वार्नरलाई १४ र मिचेल मार्शलाई ३ रनमा आउट गर्दै उत्कृष्ट पूनरागमन गरे । वार्नरले ६ बलमा ३ चौका प्रहार गरे । प्रमुख हिटर ग्लेन म्याक्सवेल र टिम डेविड दुबै डक आउट भए ।

वेस्टइन्डिजका शेल्डन कटरेलले ३.५ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । जेसन होल्डर, यानिक कारिहा र ओडेन स्मिथले एक एक विकेट लिए।

त्यसअघि क्विन्सल्यान्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनायो । वेस्टइन्डिजका ओपनर काईल मेयर्सले ३६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ३९ रनको योगदान दिए । तल्लोक्रमका ओडेन स्मिथले १७ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।


दोस्रो ओभरको पहिलो बलमै जोश हेजलवुडले ओपनर जोनसन चाल्र्सलाई ३ रनमा बोल्ड गरे । हेजलवुडले नै ब्रेन्डन किंगलाई १२ रनमा एलबीडब्लू आउट गरे । उनले ९ बलमा १ चौका र १ छक्का हाने ।

मेयर्स प्याट कमिन्सको बलमा बोल्ड भए । कप्तान निकोलस पुरनलाई मिचेल स्टार्कले दुई रनमा एलबीडब्लू आउट गरेपछि ठूलो योगफलको सम्भावना टाढिएको थियो । रोभम्यान पावेल ७, जेसन होल्डर १३ र अल्जारी जोशेफ ७ रनमा आउट भए ।

अष्ट्रेलियाका जोश हेजलवुडले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ४० रन खर्चेर दुई विकेट लिए । प्याट कमिन्सले ४ ओभरमा २२ रन खर्चेर दुई र क्यामरन ग्रीनले एक विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.