default_image

9 years ago

December 23, 2016

महिला क्रीकेटमा एपिएफ र पुर्वाञ्चल विजयी

172 views

0 Bookmark

बिराट्नगर – (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रीकेटमा आज पहिलो दिन एपिएफ र आयोजक पुर्वाञ्चलले विजयी सुरुवात गरेका छन ।

पहिलो खेलमा एपिएफले मध्यमाञ्चललाई ६१ रनले हराएको छ । टस जितेर पहिलो ब्याटिङ गरेको सशस्त्र प्रहरी बल(एपिएफ)ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै ११५ रन जोडेको थियो । एपिएफकोलागी सारीता मगरले ४३ रन र बिनु बुडा मगरले ३३ रनको योगदान दिए ।

जवाफमा उत्रेको मध्यमाञ्चलले ५४ रन बनाउदै सबै विकेट गुमायो । एपिएफको लागी सोनु खड्काले ३ र करुना भण्डारिले २ विकेट लिए ।

दोस्रो खेलमा आयोजक पुर्वाञ्चलले पश्चिमाञ्चललाई ६६ रनले पराजित गर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको पुर्वाञ्चलले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०४ रन बनायो । रोमा थापाले ५२ र रश्मी चौलागाइले २० रन जोडे ।

पुर्वाञ्चलकोलागी कबिता गौचनले ४ र संगीता राइले ३ विकेट लिदा पश्चिमाञ्चल १५ ओभरमा ३८ रनमा सबै विकेट गुमाउन पुगयो ।

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.