default_image

2 years ago

October 13, 2022

क्रिकेटकी कान्छी कप्तान

पोखरा (हाम्रो खेलकुद) – कप्तान कुनैपनि टोलीको महत्त्वपूर्ण सदस्य हो । खेलका प्रदर्शन मात्र होईन कप्तानको निर्णय लिने क्षमताले पनि धेरै प्रभाव पार्छ । त्यसैले हरेक टोली सकभर अनुभवी खेलाडीलाई कप्तान दिन खोज्छन् । तर कप्तान बन्न अनुभवी खेलाडी नै चाहिन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा अनुभवी खेलाडीधन्दा युवा खेलाडीले पनि जिम्मेवारी पाउने गर्दछन् । […]

83 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – कप्तान कुनैपनि टोलीको महत्त्वपूर्ण सदस्य हो । खेलका प्रदर्शन मात्र होईन कप्तानको निर्णय लिने क्षमताले पनि धेरै प्रभाव पार्छ । त्यसैले हरेक टोली सकभर अनुभवी खेलाडीलाई कप्तान दिन खोज्छन्

तर कप्तान बन्न अनुभवी खेलाडी नै चाहिन्छ भन्ने हुँदैन । कतिपय अवस्थामा अनुभवी खेलाडीधन्दा युवा खेलाडीले पनि जिम्मेवारी पाउने गर्दछन् । त्यसको लागि युवा खेलाडीमा क्षमता र सम्भावना हुनुपर्छ ।

पोखरा रंगशालामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशकी विना थापा सबैभन्दा कान्छी कप्तान हुन् । घरेलु प्रतियोगितामा युवा कप्तानको बाहुल्यता छ । कर्णाली प्रदेशकी अलराउन्डर विना जारी प्रतियोगितामा कप्तानी गर्ने सबैभन्दा कान्छी खेलाडी हुन् । विनाले १६ वर्षकै उमेरमा कप्तानी गर्ने अवसर पाएकी छिन् ।

गत वर्ष कर्णालीको कप्तानी आयुषा टन्डनले गरेकी थिइन् । गत चैतमा यू–१९ राष्ट्रिय प्रतियोगितामा कर्णालीले पहिलो पटक फाइनलमा पुगेको थियो । कर्णालीले सुदूरपश्चिम र बागमतीलाई हराउँदै फाइनलमा पुगेको थियो । कर्णालीलाई फाइनलमा पुर्याउन विनाले कप्तानी गरेकी थिईन् ।

यस प्रतियोगितामा विनापछि गण्डकी प्रदेशकी सृष्टि जैसीले १८ वर्षको उमेरमा कप्तानी गरेकी छिन् । सीता रानामगर घरेलु क्रिकेटमा कप्तानी गर्ने सर्वाधिक अनुभवी खेलाडी हुन् । एपिएफकी कप्तान सीता ३० र नेपाल पुलिस क्लबकी रुविना क्षेत्री बेलबासे २८ वर्षका कप्तान छन् ।

‘हाम्रो यू–१९ राम्रो थियो । सिनियर टोली धेरै कमजोर छ । यू–१९ र सिनियर मिलाएर प्रधानमन्त्री कपमा अगाडि बढाउने भनेका छौं । यू–१९ खेलाडी सिनियर टोलीमा छैनन् । हामी पहिलाको नै छौं । नयाँ राख्न पनि सकिएको छैन’, विनाले भनिन् ।

‘धेरै जनालाई अभ्यास र पर्याप्त खेलको आवश्यक छ । अभ्यासहरु लिन पाएको छैन । त्यसैले हामी पछि छौं । हाम्रो कर्णालीमा सुरुमा खेलाडी नै छैनन् । ति खोज्नु पर्यो । क्याम्प गराउनु पर्यो । कर्णालीबाट जसरी हुन्छ त्यसरी खोज्नु पर्यो । खेलाडी खोजे मात्र राम्रो निस्कने हो’, कलिलो उमेरकी विनाले कर्णालीको परिपक्व जवाफ दिइन् ।

सिनियर खेलाडी नै मिडिया सामना गर्न लजाउछन् । तर उनी भने ढुक्कका साथ प्रस्तुत भएकी थिइन् । पहिलो पटक मिडियामा प्रस्तुत भएकी उनको आत्माविश्वास भने अनुभवी खेलाडीको जस्तै छ । यसले एक असल नेतृत्वको सम्भावना प्रष्टाउँछ ।

विना उमेरले कलिली छिन् । तर उनलाई टोलीको समस्या र समाधान पनि थाहा छ । लुम्बिनीसँगको हारमा फिल्डिङ कारण भएको बताइन् । ‘कर्णालीमा अभ्यास गर्ने एउटा राम्रो मैदान छैन । विरेन्द्रनगरमा रहेको मैदान भत्काइएको छ । नयाँ बन्ने भनेपनि वर्षाले प्रभावित भएको छ । छनोट सैनिक कार्यलय लगेर गर्नुपर्ने हुन्छ । त्यसैले सिनियर टोली पनि नराम्रोसँग प्रभावित भएको छ,’ उनले सुनाइन् ।

रविन्द्रजंग शाहीको कप्तानीमा कर्णालीले पुरुष क्रिकेटमा राम्रो गर्दै आएपनि मैदान नहुँदा धेरै चपेटमा पर्दै आएको छ । विना अभ्यास गर्न नै कठिन हुने बताउँछिन् । ‘प्रशिक्षण चलाउँदा पनि धेरै गाह्रो हुन्छ । मैदान नै नभएर अभ्यास गर्न पाइदैन । सुर्खेतमा भएको एकेडेमी सानो छ । त्यसले पुग्दैन । मैदान नहुँदा अभ्यास पनि हुँदैन’, कर्णालीको यर्थाथ समस्या उनले छलङ्ग पारिन् ।

को हुन् विना ?

विनाको घर कोहलपुरको चिसापानीमा हो । उनको बुबा भक्तबहादुर र आमा सावित्री थापाको कोखबाट २०६२ साल कार्तिक १८ गते पहिलो सन्तानको रुपमा भएको हो । उनका एक भाई छन् ।

विना कोहलपुर स्पोर्ट्स एकेडेमीमा अभ्यास गर्ने गर्दछिन् । उनले प्रशिक्षण गर्ने थालेको पनि डेढ वर्ष जति भएको छ । डेब्यू भने उनले यसै प्रतियोगितामा पुलिस विरुद्ध गरिन् । उनले यस प्रतियोगितामा जस्तो प्रदर्शन भएपनि प्रधानमन्त्री कपमा राम्रो खेलाडी ल्याउँदै उच्च प्रदर्शनको आशा राखेकी छिन् ।

विनाका पिता पेशाले नेपाल प्रहरीका जागिरे हुन् । उनी खेलमा लाग्न परिवारबाट राम्रो साथ पाएको बताउँछिन् । ‘घर परिवारबाट साथ दिनु भएको छ । साथ र सहयोग गर्नु भएकै कारण म यो स्थानमा छु । साथ नदिएको भए हुने थिएन’, उनले भनिन् । सीता रानामगर उनको मनपर्ने खेलाडी हुन् ।

कर्णालीले २०२० देखि घरेलु प्रतियोगितामा सहभागीता जनाउँदै आएको छ । पहिलो संस्करण २०२० मा लक्ष्मी रिमाल, २०२१ मा आयुषा टन्डन र यस वर्ष विनालाई कप्तानको जिम्मेवारी दिएको छ । प्रशिक्षक विरेन्द्र शाही उनको प्रतिभालाई देखेर नै कप्तानी दिएको बताउँछन् ।

‘वहाँले यू–१९ को कप्तानी गरिसक्नु भएको छ । सक्रिय हुनुहुन्छ । हामीले उसको ब्याटिङ र बलिङ हेरेर मात्र हुँदैन । हामीले कप्तान भनेको चारैतर्फबाट मिलाउन सक्ने खेलाडी चयन गर्ने हो’, कर्णालीका प्रशिक्षक शाहीले विनाको कप्तानी बारे भने ।

त्यसैमा उनले थपे, ‘अहिलेसम्म हाम्रो कप्तान राम्रो छ । हामीले दीर्घकालिन पनि सोचेका छौं । ब्याटिङपछि जति कप्तानी गर्दै जान्छ अनुभव बटुल्दै जान्छ । हामीले त प्रयास गर्ने हो । नतिजा दिन थालेको छ भने एक दुई साल पर्खिने हो । आजको भोली परिवर्तन गर्दा नतिजा आउँदैन । त्यसको लागि एक दुई वर्ष पर्खनुपर्छ ।’

‘यो त हाम्रो सुरुवात हो । लुम्बिनीबाट छुटिएको सबैलाई थाहा छ । हामी प्रयास गर्दैछौं । यू-१९ ले राम्रो खेलेको हो । सिनियरमा अभ्यास कम भएर नतिजा आउन सकेको छैन । खेलाडी आउन सकेको छैन । प्रशिक्षकले जित्ने र फाइनल खेल्ने नै आशा राख्छ । कृष्णा र आयुशा जाँदा अलि गाह्रो भयो’, शाहीले भने ।

‘मलाई धेरै लाग्दैन । ६ महिना एक वर्ष भित्र हामी सेमिफाइनल पुग्छौं भन्ने आशा छ । त्यसको लागि एक हप्ता खेलेर हुँदैन । त्यसको लागि नियमित अभ्यास गर्नुपर्छ । कर्णालीले आगमी दुई वर्षमा केहि गरेर देखाउँछ भन्नेमा मलाई आशा छ’, शाहीले भने ।

कर्णालीमा महिला खेलाडी नै पाउन गाह्रो हुन्छ । महिला खेलाडी जहाँ पनि गाह्रो हुने उनी बताउँछन् । शाहीले भने जस्तै केहि समय उनलाई कर्णालीले विश्वास देखाउन आवश्यक छ । अहिलेको अवस्था भने उनी एउटा ठूलो सम्भावना मात्रै हुन् । त्यो सम्भावनालाई कर्णाली र क्यानले कसरी सदुपयोग गर्छ त्यसले उनको भविष्य पनि निर्धारण गर्नेछ । तर उनले कलिलो उमेरमा जुन परिपक्वता देखाएकी छिन् त्यसले एउटा नेतृत्वको भने राम्रो सम्भावना देखाउँछ ।

अर्कोतर्फ कर्णालीको टोली नै युवा छ । यो टोलीलाई राम्रोसँग तयार र लगानी गर्न सके कर्णालीले सिनियर टोलीमा पनि राम्रो नतिजा ल्याउन सक्छ । त्यसको लागि कम्तिमा कर्णालीले अभ्यास गर्ने मैदान भने बनाउन सक्नुपर्छ । मैदान नै नभए भने कर्णाली पुरुष र महिला दुवै क्रिकेटमा माथि भने उठ्ने सम्भावना सदाझैं कमजोर रहनेछ ।

भिडियो हेर्नुहोस् :

May 4, 2024

कोलकत्ताको मुम्बईविरुद्ध जित

एजेन्सी – कोलकत्ता नाइट राइडर्सले मुम्बई इंडियन माथि जित दर्ता गरेको छ । १२ वर्ष पछि मुम्बईलाई मुम्बईकै घरेलु मैदानमा पराजित गर्ने क्रममा कोलकत्ताले २४ रनको जित दर्ता गरेको हो । कोलकत्ताले दिएको १७० रनको लक्ष्य पछ्याएको मुम्बई १८.५ ओभरमा १४५ रनमा समेटियो । मुम्बईका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन बनाए । यस्तै टिम […]

May 3, 2024

विश्वकप अगावै छनोट भएको पुरस्कार दिलाउन खेलकुद मन्त्रालयको प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोट भएवापत प्राप्त गर्नुपर्ने पुरस्कार रकम विश्वकप सुरु हुनु अगावै प्रदान गर्न पहल गरिरहेको जानकारी दिएका छन् । विश्वकपका लागि प्रस्थान गर्ने टोलीलाई बिदाइ गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्को बैठकबाट नै पुरस्कार सम्बन्धि […]

May 3, 2024

नेपाल आएका ३ खेलाडी वेस्ट इन्डिजको विश्वकप टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ए सँगै नेपाल भ्रमणमा आएका तीन खेलाडी समेट्दै सह-आयोजक वेस्ट इन्डिजले आईसिसी टि-२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ । नेपालमा उत्कृष्ट प्रदर्शन गरेका तीन खेलाडी टोलीमा अटाएका छन् । नेपालमा रहेका वेस्ट इन्डिज ए टोलीका कप्तान रोस्टन चेज, ओपनिङ ब्याटर जोन्सन चार्ल्स र बायाँ हाते अल-राउन्डर गुडकेश मोती […]

Success

Thank you for your time.