default_image

2 years ago

October 16, 2022

श्रीलंकामाथि नामिबियाको सानदार जित

141 views

0 Bookmark

एजेन्सी – नामिबियाले आइसिसी टि२० विश्वकपमा टेस्ट टोली श्रीलंकामाथि ५५ रनको सानदार जितका साथ विजयी सुरुवात गरेको छ । नामिबियाले उद्धघाटन खेलमा श्रीलंकालाई हराउँदै समूह ए मा महत्वपूर्ण दुई अंक बटुलेको छ ।

जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १ सय ८ रनमा अल आउट भयो । श्रीलंकाको लागि कप्तान दाशुन शनकाले २३ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए ।

नामिबियाको स्पिनर बेर्नाड स्कोल्ट्जले र बेन शिकोङ्गोले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक जित दिलाएका हुन् । ओपनर पाथुम निसंका ९, कुशल मेन्डिस ६, धनन्जय डि सिल्भा १२ र धनुष्का गुणाथिलका शून्यमा आउट भए ।

त्यसपछिका ब्याटर भानुका राजपक्षेले २१ बलमा २ चौका हान्दै २० रन जोडे । वानिन्दु हसरंगा ४, चामिका करुणारत्ने ५ र दुश्मन्था चामिराले ८ रन बनाए । महेश थिक्सेना ११ बलमा १ छक्कासहित ११ रनमा अविजित रहे ।

४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । बेन शिकोङ्गोले ३ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । जान फिंलिक ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । डेविड विजाले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । जे जे स्मितले एक विकेट लिए

त्यसअघि साइमन्ड्स स्टेडियम जिलङमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । नामिबियाको लागि मध्यक्रमका ब्याटर ज्यान फ्रिलिंकले २८ बलमा ४ चौकासहित सर्वाधिक ४४ रनमा रन आउट भए ।

तल्लोक्रमका ब्याटर जेजे स्मितले १६ बलमा २ चौका र २ छक्कासहित ३१ रनमा अविजित रहे । एक समय १४.२ ओभरमा ९३–६ को कमजोर अवस्थामा रहेपनि डेथ ओभरमा उच्च प्रदर्शन गर्दै बलियो योगफलमा पुर्याएको थियो ।

प्रमुख अलराउन्डर डेविड विजा भने गोल्डेन डक आउट भएका थिए । तेस्रो नम्बरका ब्याटर लोफ्टी ईटनले १२ बलमा १ चौका र २ छक्कासहित २०, स्टेफन ब्राड २६ र कप्तान गेरार्ड इरास्मस २० रनमा आउट भए ।

श्रीलंकाका तीव्र गतिका बलर प्रमोद मधुसानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । वानिन्दु हसरंगा, चामिका करुणारत्ने, दुश्मन्था चामिरा र महेश थिक्सनाले एक एक विकेट लिए ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.