default_image

2 years ago

October 16, 2022

मधेशलाई हराउँदै बागमती सेमिफाइनलमा

269 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । योसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ ।

जितको लागि ५५ रनको सामान्य लक्ष्य पछ्याएको बागमतीले १३.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा सुमन खतिवडाले १५ बलमा १ छक्कासहित १७ रनमा अविजित रहिन् ।

अनिशा मजाकोटी २९ बलमा ३ चौकासहित १६ रनमा अविजित रहिन् । ओपनर अस्मिता खरेल १९ बलमा १ चौकासहित १३ र कन्चन श्रेष्ठ ५ रनमा आउट भइन् । मधेश प्रदेशले सरस्वती चौधरी र कविता गौतमले एक एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको मधेश प्रदेश १८.२ ओभरमा ५४ रनमा अल आउट भयो । मधेशका लागि सन्तोषी चौधरीले १८ बलमा सर्वाधिक ८ रन बनाइन् ।

ओपनर अनुराधा चौधरी ५, साना प्रविन ६, पुष्पा फुँयाल ४ र कविता गौतमले ५ रन बनाइन् । मधेशको लागि विपिसा शाही, सोनी पाख्रिन र खुशी डंगोलले दुई दुई विकेट लिए । एपिएफले सेमिफाइनलमा सोमबार लुम्बिनीसँग खेल्नेछ । बागमती प्रदेशले सोमबार नै पुलिससँग सेमिफाइनल खेल्नेछ । फाइनल र तेस्रो स्थानका लागि मंगलबार प्रतिस्पर्धा हुनेछ ।

अंक तालिका

नेपाल एपिएफ क्लब ४ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रह्यो । बागमती ४ खेलमा ४ मा जित र १ मा हारसहित ६ अंक जोड्दै दोस्रो स्थानमा छ । मधेश ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम ४ खेलमा १ मा जित र ३ मा हारका साथ चौथो स्थानमा छ । गण्डकी भने चारै खेलमा पराजित हुँदै जित विहीनका साथ बाहिरियो ।

समूह बी मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो ।लुम्बनी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाड्दै ३ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । प्रदेश १ ले ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ३ अंक भएपनि नेटरनरेटको कारण बाहिरियो ।

लुम्बिनीको नेटरनरेट ०.१७५ र प्रदेश १ को माइनस १.१७५० छ। प्रदेश १ र लुम्बिनीबीचको खेल वर्षाको कारण रद्द भएको थियो । जारी प्रतियोगितामा रद्द हुने यो मात्र एक खेल हो । कर्णाली तीनै खेलमा पराजित हुँदै बाहिरियो ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.