3 years ago
October 16, 2022
एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी टि२० विश्वकपमा युएईमाथि तीन विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय १२ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सको जितमा म्याक्स ओडाउडले १८ बलमा ३ चौका र १ छक्कासहित २३ रनमा आउट भए । विक्रमजित सिंह १०, बास डि लिडे १४, कप्तान स्कट एडवार्ड्स १६ र टिम पिंग्ले १५ रन बनाए । युएईका जुनैद सुद्दिकले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । बासिल हामिद, अयान अफ्जल, कार्तिक मयाप्पन र जहुर खानले एक एक विकेट लिए ।
त्यसअघि जिलोङमा टस जितेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो । युएईका ओपनर मोहम्मद वासिमले ४७ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ४१ रन बनाए । ओपनर चिराग सुरी १२, कासिफ दाउद १५ र विकेटकिपर वित्य अरविन्दले १८ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेदरल्यान्ड्सका बास डि लिडेले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । फर्द क्लासेनले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा श्रीलंका भने नामिबियासँग ५५ रनले पराजित भयो ।
समूह ए मा नामिबिया २ अंकका साथ शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स २ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । युएई तेस्रो र श्रीलंका पुछारमा छ । नामिबियाले मंगलबार नेदरल्यान्ड्स र बिहीबार नामिबियासँग खेल्नेछ । श्रीलंकाले मंगलबार युएई र बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]