3 years ago
October 16, 2022
पोखरा (हाम्रो खेलकुद) – खेलाडीको लागि चोट सबैभन्दा ठूलो दुश्मन हो । अझ नेपालमा त राम्रो उपचार पाउनै मुश्किल हुँदा चोटकै कारण थुप्रै खेलाडीको करिअरनै पूर्ण विराम लागेका थुप्रै उदाहरण छन् । उपचार भई हालेपनि फर्किने अवसर नपाउँदा धेरै कठिन पर्दै आएको छ ।

सामान्य चोटले पनि खेलाडीको बेवास्ता र हेलचेक्राइँले ठूलो नोक्सानी पुर्याउन सक्छ । नेपाली महिला क्रिकेट टोलीकी विष्फोटक ब्याटर डली भट्ट नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमबाट बागमती प्रदेशविरुद्ध खेल्ने क्रममा घाइते भइन् । त्यसपछि उनी गण्डकी र सुदूरपश्चिमविरुद्ध मैदान बाहिर रहिन् ।
बायाँ हातको लिगामेन्टमा चोट लागेको उनलाई चिकित्सकले १५ दिन आराम गर्न भनेका थिए । स्वयं डली भट्टले पनि १५ दिन मै ठिक हुने बताएकी थिइन् । तर डली आफैंले डाक्टरको सुझाव लत्याएर मैदानमा उत्रने निर्णय लिइन् ।
आइतबार सुदूरपश्चिमविरुद्ध डली भट्ट धेरैलाई आश्चर्यमा पार्दै मैदानमा उत्रिइन् । सुदूरले मधेशसँगको खेलपछि यशु पाण्डेको स्थानमा डलीलाई नेपाल एपिएफ क्लबविरुद्ध मैदान उतारेको थियो । नेपाल एपिएफ क्लबसँग खेल्नुअघिनै सुदूरपश्चिम सेमिफाइनल दौडबाट बाहिरीसकेको थियो । त्यसैले यो खेल सुदूरको लागि प्रतिष्ठाको लडाईं मात्रै थियो ।
प्रतियोगिताको समिकरणका महत्त्व नभएको खेलमा डली करिअरनै जोखिममा राखेर मैदान उत्रिन् । उनी ब्याटिङ गर्न अन्तिम बलमा मात्रै मैदान छिरिन् । स्नेहा महरालाई इन्दु बर्माले बोल्ड गरेपछि अन्तिम बलमा क्रिजमा आएकी डलीले एक रन जोड्दै पेभेलिएन फर्किइन् ।

डलीले फिल्डिङ नगर्ने अनुमान गरिएको थियो । तर उनले बलिङ नै गरिन् । मध्य गतिमा बलिङ गरेकी उनले दोस्रो बलमै ज्योति पाण्डेलाई बोल्ड गरिन् । डलीले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् ।
सुदूरपश्चिमका व्यवस्थापक ज्ञानेन्द्र क्षेत्रीले चिकित्सक र डलीको आग्रहमै खेल्न दिएको बताए । ‘चिकित्सकको सल्लाह अनुसार उनलाई केहि दिनको विश्राम चाहिएको थियो । बायाँ हातमा ब्याटिङ गर्दा चोट लागेको थियो । उनले आज खेल्ने निर्णय गरिन् । जसले उसलाई रिफर गरेको थियो उहासँग हामीले सल्लाह गर्यौं । वहाँले खेल्दा हुन्छ भन्नुभएको थियो । त्यसैले खेलाएका थियौं’, क्षेत्रीले भने ।
व्यवस्थापक क्षेत्रीले आफूहरुले टोलीमा यसै नराखेको बताए । ‘हामीले खेलाएको होइन । हामीले जगत गुरुसँग सुझाव लियौं । चिकित्सकले हुन्छ भन्छ भने हामीले खेल्न दिन्छौं भनेका थियौं । उनले चिकित्सकसँग सोधेकी थिइन् । हुन्छ भनेपछि हामीले खेल्न दिएका हौं । फिट छ भनेपछि हाम्रो लागि त राम्रो कुरा हो । उनी राम्रो खेलाडी हुँदा टिमको लागि खेल्न सक्छिन्’, उनले भने ।

यता डलीले आफू खेल्न सक्ने हुँदा नै खेलेको बताइन् । ‘खासमा म हिजो (शनिबार) ब्रेकफास्ट गर्दा हात खुकुलो भइसकेको थियो । हाफ प्लास्टर मात्र हो, फुल होइन । मलाई सहज लागेको हुँदा आफैं हात खोलें । हिजो पुरै दिन मैले मुभमेन्टहरु गर्दा दुखाई पनि भएन । आफैं ब्यान्डेज किनेर मुभ लगाएर आफैं गरे । आज रातभई आइसिङ गरेपछि आफूलाई सहज लागेर नै खेलेको हो’, डलीले भनिन् ।
सुदूर बाहिरिसकेको अवस्थामा करिअरनै जोखिम मोल्नु आवश्यक थिएन । डली करिअर जोखिम भन्दा पनि आफूलाई सहज लागेपछि खेलेको बताइन् । ‘यो करिअरनै जोखिम भन्दापनि मेरो सहजको कुरा हो । मलाई कस्तो लागेको छ । अब चोट लाग्यो भने दैव जानोस् । ठिक छ जे हुनु भइसक्यो । अब ४-५ दिनमा ठिक हुन्छ’, खेलपछि डलीले भनिन् ।
डली र व्यवस्थापको कुरामा भने केही अन्तर रहेको देखिन्छ । डली आफैंले उपचार गरेको बताउँदा व्यवस्थापकले भने चिकित्सकसँग सल्लाह लिएको बताउँछन् । डली आफैंले ४-५ दिन अझै ठिक हुन समय लाग्ने बताउँदै खेल्नु पक्कै राम्रो होइन ।

सुदूरपश्चिमले उपाधिनै जित्ने भएपनि खेल्न नहुने अवस्था थियो । किनभने डलीको करिअर भन्दा यो प्रतियोगिता महत्त्वपूर्ण थिएन । एक खेलको कारण लामो समय बाहिर बस्नुभन्दा नखेल्दा नै उचित निर्णय हुन्थ्यो । ब्याटिङ नै गर्न सक्ने भए अघि खेलेको भए हुन्थ्यो । तर डली एक बल मात्रै खेलिन् । डली विकेट नगएको हुँदा अघि आउन आवश्यक नपरेको बताइन् ।
त्यसै पनि डलीलाई नेपाली महिला क्रिकेटको आगमी भविष्यको रुपमा हेरिँदै आएको छ । उनको करिअर बल्ल सुरु भएको छ । नेपाली महिला क्रिकेटमा उनी डेढ दशक भन्दा बढी खेल्न सक्छिन् । किनभने एउटा खेल र प्रतियोगिता नखेल्दैमा सबै सकिने होइन ।
खेल स्तर हेर्दा डली घरेलु प्रतियोगिता नखेली पनि सिनियर टोलीको बन्द प्रशिक्षणमा पर्न सक्छिन् । मैदानबाहिर रहेका नेपाली क्रिकेट महिला टोलीका मुख्य प्रशिक्षक जगत टमटाले पनि उनले खेल्न नहुने तर्क राखेका थिए ।

डलीको एउटा सानो गल्तीले करिअरमा ठूलो धक्का लाग्न सक्थ्यो । एउटा प्रतियोगितामा बाहिर बस्दैमा केहि हुँदैन । तर यसै गल्तीको कारण एक दुई वर्ष बाहिर हुनु पर्यो भने त्यो डली मात्र होईन नेपाली महिला क्रिकेटलाई नै ठूलो घाटा हो । धन्न डलीलाई खेलको क्रममा थप चोट लागेन ।
डलीले जुन गल्ती गरिन् त्यो गल्ती अन्य खेलाडीले गर्नु हुन्न । चोट पूर्ण फिटभएपछि नै मैदान उत्रर्नुपर्छ । बरु केही दिन व साता नै किन ढिलो नहोस् । तर सानो गल्तीले लामो समय मैदान बाहिर रहनुपर्यो भने त्यो समय पछुतो गर्न बाहेक अन्य विकल्प हुनेछैन ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]