default_image

2 years ago

October 18, 2022

नेरी सर्वोत्कृष्ट, सम्झना र सोनी उत्कृष्ट

262 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी अलराउन्डर नेरी थापा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । नेपाल एपिएफ क्लबलाई फाइनलमा पुर्याउन नेरीले सानदार अलराउन्ड प्रदर्शन गरिन् ।

नेरीले यस प्रतियोगिताभर सानदार प्रदर्शन गरिन् । नेरीले ६ खेलमा २३ ओभर बलिङ गर्दा ३ मेडनसहित ८० रन खर्चेर ११ विकेट लिएकी थिइन् । नेरी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा थिइन् ।

नेरीले पहिलो खेलमा बागमतीविरुद्ध १६ रन बनाउनुको साथै एक विकेट लिएकी थिइन् । गण्डकीसँग एक विकेट लिँदा मधेशसँग तीन विकेट लिँदै १२ रन बनाएकी थिइन् । लुम्बिनीसँग चार, पुलिस र सुदूरपश्चिमसँग एक एक विकेट लिएकी थिइन् । नेरीले १० हजार प्राप्त गरिन् ।

बागमतीकी तीव्र गतिकी बलर सोनी पाख्रिनले सानदार प्रदर्शन गरिन् । प्रतियोगिताभर ६ खेलमा २३ ओभर बलिङ गर्दै ८३ रन खर्चेर १२ विकेटका साथ शीर्ष स्थानमा थिइन् । बागमतीलाई कास्य पदक जिताउन तीव्र गतिकी बलर सोनीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा रहिन् ।

सोनीले पहिलो खेलमै सुदूरपश्चिमविरुद्ध ५ विकेट लिँदै सहज जित निकालेकी थिइन् । एपिएफसँगको खेलमा दुई, गण्डकीसँग एक, मधेशसँग दुई र लुम्बिनी प्रदेशले दुई विकेट लिएकी थिइन् । बागमतीले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै कास्य जितेको थियो ।

त्यस्तै बागमतीकी मध्य गतिकी बलर विपिशा शाही उदयीमान खेलाडी घोषित भइन् । विपिशाले ५ खेलमा ८ विकेट लिएकी थिइन् । उनले १४.२ ओभरमा ५७ रन खर्चेकी थिइन् । तेस्रो स्थानको लागि भएको खेलमा विपिशाले लुम्बिनीविरुद्ध चार विकेट लिएकी थिइन् ।

पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी सम्झना खड्का उत्कृष्ट ब्याटर चुनिन् । सम्झनाले ५ खेलमा १ अर्धशतसहित १ सय ३५ रनका साथै सर्वाधिक रन बनाउने ब्याटरमा शीर्ष स्थानमा रहिन् ।

सम्झनाले कुल १ सय २८ बल खेल्दा १४ चौका प्रहार गरिन् । सम्झनाले कर्णालीविरुद्ध २५ र प्रदेश १ विरुद्ध ६० रन बनाउँदै लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनेकी थिइन् । लुम्बिनीसँग २९, बागमतीसँग डक र एपिएफसँग २१ रन बनाएकी थिइन् । विपिशा, सम्झना र सोनीले पाँच पाँच हजार प्राप्त गरे ।

पुलिसले फाइनलमा एपिएफलाई ५ रनले हराउँदै उपाधि जितेको छ । पुलिसले डेब्यू प्रतियोगितामै स्वर्ण जितेको हो । अघिल्लो महिना पुरुषतर्फको स्वर्ण पनि पुलिसले आर्मीलाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । बागमती प्रदेशले लुम्बिनीलाई ७ विकेटले हराउँदै कास्य जित्यो ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.