default_image

2 years ago

October 18, 2022

हसरंगा र निसांकाको उत्कृष्ट प्रदर्शनमा श्रीलंकाको सानदार जित

101 views

0 Bookmark

एजेन्सी – ओपनर पाथुम निसांका र वानिन्दु हसरंगाको उत्कृष्ट प्रदर्शनमा श्रीलंकालले आइसिसी टि२० विश्वकपमा युएईमाथि ७९ रनको सानदार जित हात पार्दै सुपर १२ को सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १७.१ ओभरमा ७३ रनमा अल आउट भयो । युएईका अयान खानले सर्वाधिक १९ रन बनाए । ओपनर मोहम्मद वासिम २, चिराग सुरी १४, जुनैद सिद्धिकले १८ रन बनाए । वृत्य अरविन्द र सिपी रिजवानलले एक एक रन बनाए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर दुश्मन्था चामिराले ३.५ ओभरमा १५ रन खर्चेर ३ विकेट लए । महेश थिक्सना ३.१ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । दासुन शनका र प्रमोद मधुशानले एक एक विकेट लिए ।

त्यसअघि भिक्टोरियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । कार्तिकले १५ औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । कार्तिकले १५ औं ओभरको चौथो बलमा भानुका राजपक्षेलाई डिप कभरमा पाँच रनमा कासिफ दाउदबाट क्याच गराए ।

पाँचौं बलमा एज लागेर चरिथ असलंका विकेटकिपर वृत्य अरविन्दबाट क्याच भए । छैटौं तथा अन्तिम बलमा कप्तान दासुन शनकालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे ।

२२ वर्षीय मयाप्पन युएईबाट टि२० आई क्रिकेटमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् । श्रीलंकाका ओपनर पाथुम नसिंकाले ६० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनमा आउट भए ।

तेस्रो नम्बरका ब्याटर धनन्जय डि सिल्भाले २१ बलमा ३ चौका र १ छक्कासहित ३३ र कुशल मेन्डिसले १८ रन बनाए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईका कार्तिक मयाप्पनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अयान खान र अर्यान लर्काले एक एक विकेट लिए ।

श्रीलंका पहिलो खेलमा नामिबियासँग ५५ रनले पराजित भएको थियो । श्रीलंकाले अन्तिम खेलमा बिहीबार नेदरल्यान्ड्सँग खेल्नेछ । उक्त खेलमा विशाल जित हात पार्नुपर्छ । तर जितले मात्र पुग्दैन । नामिबियाले युएईसँग हार्नुपर्छ । वा नामिबियाले सामान्य अन्तरले हार्नुपर्छ ।

शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् । सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

अंक तालिका

समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हारसहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । युएई पुछारमा रहँदै बाहिरिएको छ ।

समूह बी मा समान दुई अंक भएपनि स्कटल्यान्ड शीर्ष र जिम्बावे दोस्रो स्थानमा छन् । आयरल्यान्ड तेस्रो र वेस्टइन्डिज पुछारमा छन् ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.