2 years ago
October 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोटमा ललितपुरबाट भक्तपुरविरुद्ध तीव्र गतिका बलर नन्दन यादवले सानदार बलिङ र लेग स्पिनर तिलकराज भण्डारील आक्रामक ब्याटिङ गरेका छन् ।
नन्दनले पाँच विकेट लिए । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा थालेको ललितपुर ३९.५ ओभरमा १ सय ९६ रनमा अल आउट भयो । ललितपुरका ओपनर आशुतोष घोईरोइयाले ९२ बलमा ८ चौका र ३ छक्कासहित ७० रनको इनिङ खेले ।
११ औं नम्बरका ब्याटर तिलकराज भण्डारीले ३२ बलमा ४ छक्कासहित ४० रन जोडे । भक्तपुरका रामाशिष महतोले ८ ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ५ विकेट लिए ।
जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको भक्तपुर २४ ओभरमा ६० रनमा अल आउट भयो । सक्रिय कार्कीले ५० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २२ रनमा अविजित रहे । ललितपुरलाई १ सय ३६ रनले जिताउन नन्दन यादवले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चिए पाँच विकेट लिए । तिलक भण्डारीले ६ ओभरमा २ मेडनसहित १६ रन खर्चेर तीन विकेट लिए ।
त्यस्तै अर्को खेलमा चितवनलाई त्रिभुवन युनिभर्सिटीले ५ विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ थालेको चितवनले ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९६ रन बनायो । चितवनका साकार ढकालले ६१ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५४ रन बनाए । गौतम केसीले ३९ बलमा २ चौकासहित ४० र विकल कुमार गुप्ता २८ बलमा ३ चौकासहित ३० रन बनाए ।
त्रिभुवन युनिभर्सिटीका धिरज कार्कीले तीन, श्याम त्रिपाठी र रुपेश श्रीभात्सवले दुई दुई विकेट लिए । जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको टियुले ३९.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
कप्तान पृथु बाँस्कोटाले ३८ बलमा ७ चौका र ४ छक्कासहित ५९ रन बनाए । रुपेश श्रीभात्सव ५८ बलमा ६ चौका र २ छक्कासहित ५३ रनमा अविजित रहे । चितवनका बाबुराम भट्टाईले सर्वाधिक दुई विकेट लिए । प्रधानमन्त्री कप कार्तिक १२ देखि काठमाडौंमा सुरु हुनेछ ।
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]