default_image

2 years ago

October 19, 2022

कर्टिसको उत्कृष्ट ब्याटिङमा आयरल्यान्डको सानदार जित

102 views

0 Bookmark

एजेन्सी –मध्यक्रमका ब्याटर कर्टिस क्याम्फरले उत्कृष्ट ब्याटिङ गरेपछि आयरल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ मा स्कटल्यान्डमाथि ६ विकेटको सानदार जित हात पारेको छ । योसँगै आयरल्यान्डले पनि सुपर १२ को सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा युवा ब्याटर कर्टिस क्याम्फरले ३२ बलमा ७ चौका र २ छक्कासहित ७२ रनको उत्कृष्ट इनिङ खेले । जर्ज डोकरेलले २७ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे ।

ओपनर पउल स्टर्लिङ ८, कप्तानी एन्डी बलबार्नी १४, लोर्कान टकर २० र ह्यारी टेक्टरले १४ रन बनाउँदै आउट भएका थिए । जुन समय आयरल्यान्ड ६१-४ को अवस्थामा पुगेको थियो । कमजोर सुरुवात गरेको आयरल्यान्डलाई पाँचौं विकेकका लागि कर्टिस र डोकरेलले १ सय १९ रनको सानदार अविजित साझेदारीका साथ जित पक्का गराए ।

स्कटल्यान्डका लागि मार्क वाट्, ब्राड व्हाइल, शफ्यान शरिफ र माइकल लिस्कले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रनको योगफल बनायो ।

स्कटल्यान्डको लागि ओपनर माइकल जोन्सले ५५ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८६ रनको इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । कप्तान रिची बेरिङ्गटनले २७ बलमा ३ चौका र १ छक्कासहित ३७ र विकेटकिपर म्याथ्यु क्रसले २८ रन बनाए ।

आयरल्यान्डका कर्टिस क्याम्फरले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । आयरल्यान्ड पहिलो खेलमा जिम्बावेसँग ३१ रनले पराजित भएको थियो । आयरल्यान्डले अन्तिम खेलमा शुक्रबार वेस्टइन्डिजसँग खेल्नेछ । यो खेलमा विजयी हुँदा सुपर १२ मा पुग्नेछ । यता स्कटल्यान्डले अन्तिम खेलमा शुक्रबार जिम्बावेलाई हराउनु पर्ने हुन्छ ।

अंक तालिका

समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा छ । नामिबियाको नेटरनरेट प्लस १.२७७ छ ।

श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । श्रीलंकाको नेटरनरेट प्लस ०।६०० छ । युएई पुछारमा छ ।

समूह बी मा जिम्बावे १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ। आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो र वेस्टइन्डिज पुछारमा छन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.