default_image

2 years ago

October 20, 2022

नेदरल्यान्ड्सलाई हराउँदै श्रीलंका सुपर १२ मा

142 views

0 Bookmark

एजेन्सी – श्रीलंकाले आइसिसी टि२० विश्वकप २०२२ मा नेदरल्यान्ड्सलाई १६ रनले हराउँदै सुपर १२ मा स्थान पक्का गराएको छ । पहिलो खेलमै नामिबियासँग स्तब्ध भएको श्रीलंकाले त्यसपछि पूनरागमनका साथ सुपर १२ मा पुग्ने पहिलो टोली बनेको हो ।

जितको लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४६ रन बनायो । नेदरल्यान्ड्सका ओपनर म्याक्स ओडाउडले ५३ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७१ रनको अविजित योगदान दिएपनि टोलीको हार टार्न सकेनन् ।

अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । विक्रमजित सिंह ७, बास डि लिडे १४, टम कपुर १६ र कप्तान स्कर्ट एडवार्ड्स २१ रनमा आउट भए । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अर्का सिपनर महेश थिक्सनाले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि भिक्टोरियामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । ओपनर कुशल मेन्डिसले ४४ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।

ओपनर पाथुम निसांका २१ बल खेल्दै १४ र धनन्जय डि सिल्भा शून्यमा आउट भएका थिए । चरिथ असालंका ३० बलमा ३ चौकासहित ३१ र भानुका राजपक्षे १९ रनमा आउट भए । कप्तान दासुन शनका ८ रनमा आउट भए । नेदरल्यान्ड्सका पाउल भान माक्रे र बास डि लिडेले समान दुई विकेट लिए ।

नेदरल्यान्ड्स सुपर १२ मा पुग्न युएई र नामिबियाको खेलमा निर्भर पर्नेछ । नामिबिया उक्त खलमा विजयी हुँदा नेदरल्यान्ड्स नेटरनरेटको कारण बाहिरने छ । नामिबिया पराजित हुँदा भने नेदरल्यान्ड्स सुपर १२ मा पुग्छ ।

समूह बी को भने शुक्रबारको खेलले निर्धारण गर्नेछ । श्रीलंकाले सुपर १२ मा कु ग्रुपमा खेल्ने आजको दोस्रो खेल ले नै निर्धारण गर्नेछ । शीर्ष दुई दुई टोली सुपर १२ मा पुग्नेछन् ।

सुपर १२ को समूह ए मा इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान, समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश समूह बी को विजेता र समूह ए को उपविजेता हुनेछन् ।

अंक तालिका

समूह ए मा श्रीलंका ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै तेस्रो स्थानमा छ । श्रीलंकाको नेटरनरेट प्लस ०-६६७, नेदरल्यान्ड्सको माइनस ०-१६२ र नामिबियाको प्लस १.२२७ नेनरनरेट रहेको छ । युएई अंक विहीन हुँदै पुछारमा छ ।

समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा छ । जिम्बावे १ खेलमा २ अंक सहित दोस्रो स्थानमा छ । वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा छ । आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित पुछारमा छ ।

January 24, 2025

पूजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]

January 24, 2025

नेपालविरुद्ध सस्तैमा समेटियो मलेसिया

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]

January 24, 2025

महिला पिएम कप – एपिएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]

Success

Thank you for your time.