default_image

2 years ago

October 21, 2022

बसिर र मोहम्मद हसनैनको उत्कृष्ट प्रदर्शन

117 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान बसिर अहमद र तीव्र गतिका बलर मोहम्मद हसनैननको उत्कृष्ट प्रदर्शनमा कपिलवस्तुले प्रधानमन्त्री कप अन्तर्गत लुम्बिनी छनोटमा पाल्पालाई ७ विकेटले पराजित गरेको छ ।


सिद्धार्थ रंगाशालामा टस रोजेको पाल्पा ३५.४ ओभरमा १ सय ४ रनमा अल आउट भयो । पाल्पाको लागि नर बहादुर सार्की४१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए ।

रुपेश कुर्मी १३ र सागर थापाले १५ रन बनाए । कपिलवस्तुका लागि मोहम्मद हसनैनले ७.४ ओभरमा २ मेडनसहित ३६ रन खर्चेर ४ विकेट लिए । बसिर अहमद र दुर्गेश कुर्मीले तीन विकेट लिए ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कपिलवस्तुले २०.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । कपिलवस्तुको लागि कप्तान बसिर अहमदले ४५ बलमा ८ चौकासहित सर्वाधिक ५० रनमा अविजित रहे । आकाश त्रिपाठीले ५४ बलमा ३ चौकासहित ४२ र इमरान खानले ४ रन बनाए ।

पाल्पालको लागि रुपेश कुर्मीले दुई विकेट लिए । अर्को खेलमा बर्दियाले बाँकेलाई ६ विकेटले हरायो । टस जितेर पहिला ब्याटिङ थालेको बाँके २४.१ ओभरमा १ सय ५ रनमा अल आउट भयो । उसको लागि सन्दीप नेपालीले सर्वाधिक १९ रन बनाए । बर्दियाका सौगात खत्रीले सर्वाधिक पाँच विकेट लिए । विशाल विक्रम केसी र निर्मल गुरुङले दुई दुई विकेट लिए ।

जितको लागि १ सय ६ रनको विजयी लक्ष्य बर्दियाले ३२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बदिर्याको जितमा सुमित नेवार र विशाल विक्रम केसीले ३८(३८ रन बनाए । विशालले ६४ बलमा ३ चौका र सुमितले ६२ बलमा ४ चौका हाने ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.