3 years ago
October 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान ज्ञानेन्द्र मल्ल प्रधानमन्त्री कप अन्तर्गत बागमती प्रदेश छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । शुक्रबार फाइनलमा मकवानपुरले ललितपुरलाई दुई रनले हराउँदै उपाधि जितेको छ ।

काठमाडौं समूह चरणबाट बाहिरिएपनि ज्ञानेन्द्र मल्लले एक शतक र दुई अर्धशतकसहित उत्कृष्ट प्रदर्शन गरेका थिए । ज्ञानेन्द्रले भक्तपुरविरुद्ध १ सय १३ रन, ललितपुरविरुद्ध ५९ र नुवाकोटविरुद्ध ५४ रन बनाएका थिए ।
ज्ञानेन्द्र नै प्रतियोगिता उत्कृष्ट ब्याटर चुनिए । ललितपुरका तीव्र गतिका बलर नन्दन यादव भने उत्कृष्ट बलर चुनिए । नन्दनले ललितपुरलाई फाइनल सम्म पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए ।
शुक्रबार माथिल्लो मुलपानी मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मकवानपुरले निर्धाारित ४० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । मकवानपुरको लागि रामनरेश गिरीले २३, असिम श्रेष्ठले २१, गौरभ र विशाल फुँयाल २६–२६ रन बनाए ।
ललितपुरका लागि सूर्य तामाङले ८ ओभरमा ४ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिए ।
हरिओम जोशी र शशांक अग्रवालले दुई दुई विकेट लिए । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएकाले ललितपुर ३५.१ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । एक समय २६ ओभरमा १२२–६ को अवस्थामा रहेपनि त्यसपछि लगातार विकेट गुमाएको थियो ।

ललितपुरका आदिल खानले ७१ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । आदिल बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । मकववानपुरका राम नरेश गिरीले ८ ओभरमा १ मेडनसहित २८ रन खर्चेर ४ विकेट लिए । पियुष शर्माले ६.१ ओभरमा २ मेडनसहित २० रन खर्चेर ५ विकेट लिए ।
प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ गते सम्म काठमाडौंमा हुने भएको छ । समुह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश छन् ।
समुह बि मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश एक छन् । पहिलो दिन टियुमा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने छ । उता मुलपानीमा पुलिस र बागमती भिड्ने छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]