default_image

2 years ago

October 23, 2022

श्रीलंकालाई आयरल्यान्डको मध्यम लक्ष्य

123 views

0 Bookmark

एजेन्सी – आयरल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई १ सय २९ रनको मध्यम लक्ष्य दिएको छ । होबार्टमा टस जितेर पहिला ब्याटिङ थालेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २८ रन बनायो ।

आयरल्यान्डको लागि ह्यारी टेक्टरले ४२ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए । पउल स्टर्लिङले २५ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए । अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन ।

पाँचौं विकेटका लागि टेक्टर र डोकरेलले ४१ बलमा ४७ रनको साझेदारी गरेका थिए । कप्तान एन्ड्रयु बालबिर्नी दोस्रो ओभरको पहिलो बलमै एक रनमा बोल्ड भए । लाहिरु कुमाराको लेग साइडको बललाई स्वीप खेल्ने धुनमा मिस हुँदा बोल्ड हुन पुगेका थिए ।

पाँचौं ओभरको चौथो बलमा स्पिनर महेश थिक्सनाले लोर्कान टकरलाई १० रनमा बोल्ड आउट गरे । नवौं ओभरको चौंथो बलमा धनन्जय डि सिल्भालाई ठूलो सट खेल्ने धुनमा पउल स्टर्लिङ भानुका राजपक्षेबाट क्याच आउट भए ।

कर्टिस क्याम्फर दुई, गेराथ डेलानी ९, सिमी सिंह ७ र जर्ज डोकरेल १४ रन बनाए । आयरल्यान्डले ७ बलमा तीन रन जोड्न तल्लोक्रमका तीन विकेट गुमाएको थियो ।

श्रीलंकाका स्पिनर महेश थिक्सनाले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । चामिका करुणारत्नेले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

चामिका करुणारत्ने र धनन्जय डि सिल्भाले एक एक विकेट लिए । आजको दोस्रो खेलमा भारत र पाकिस्तानबीच दिउँसो १ : ४५ मा खेल सुरुहुनेछ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.