default_image

2 years ago

October 23, 2022

बाबर भारतविरुद्ध गोल्डेन डक आउट

83 views

0 Bookmark

एजेन्सी – पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजम आइसिसी टि२० विश्वकपमा भारतसँग गोल्डेन डक आउट भएका छन् ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले दोस्रो ओभरको पहिलो बलमै कप्तान बाबर आजमलाई गुमाएको छ । बाबर आजमलाई युवा तीव्र गतिका बलर अर्शदीपसिंहले पहिलो बलमै एलबीडब्लू आउट गरेका हुन् । बाबरले रिभ्यु लिएपनि सफल हुन सकेनन् ।

त्यसअघि पहिलो ओभरमा भुवनेश्वर कुमारले वाइडको रुपमा एक रन मात्र दिएका थिए । पाकिस्तानले दुई ओभरमा १ विकेट गुमाउँदै ६ रन बनाएको छ । क्रिजमा रिजवान ४ र शन मकसुद १ रनमा अविजित छन् ।

भारतले प्रमुख स्पिनर युजभेन्द्र चहल र विकेटकिपर ऋषभ पन्तलाई बेन्चमा राखेको छ । त्यस्तै हर्षल पटेल र दीपक हुडालाई पनि बेन्चमा राखेको छ ।

विश्वकपका दुबै उपाधि दाबेदार टोली भारत र पाकिस्तान सानदार सुरुवात गर्न चाहन्छन् । भारतलाई गतवर्ष विश्वकपमा पाकिस्तानले १० विकेटले हराएको थियो । पाकिस्तान त्यसलाई निरन्तरता दिन चाहन्छ । भारत त्यसको बदला लिने सोचमा हुनेछ । यो खेलको विजेता सेमिफाइनल खेल्ने सम्भावना बलियो हुनेछ ।

गतवर्ष विश्वपपछि भारत र पाकिस्तान अघिल्लो महिना एसिया कपमा भिडेका थिए । एसिया कपमा भारत र पाकिस्तान एक एक पटक विजयी भएका थिए । भारत ब्याटिङ र पाकिस्तान बलिङको मुख्य हतियार हुन् ।

पाकिस्तानको प्लेइङ ११ :

बाबर आजम, शादब खान, आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, मोहम्मद नवाज, मोहम्मद रिजवान नसिम शाह, शाहिन शाह अफ्रिदी र शन मकसुद ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा, लोकेश राहुल, विराट कोहली, सूर्यकुमार यादव, दीनेश कार्तिक, हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, अक्षर पटेल, भुवनेश्वर कुमार, मोहम्मद शामी, र अर्शदीप सिंह ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.