default_image

2 years ago

October 25, 2022

फराकिलो जितको दबाबमा अष्ट्रेलिया

181 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ ः ४५ मा पर्थमा खेल्नेछ ।

पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनको लज्जास्पद हारपछि अष्ट्रेलियालाई जितसँगै नेटरनरेटमा पनि ध्यान दिनुपर्ने हुन्छ । सुपर १२ को समूह ए मा पुछारमा रहेको अस्ट्रेलियाको नेटरनरेट माइनस ४.४५० छ । अष्ट्रेलियाको सोच त्यसैले फराकिलो जितमा हुनेछ ।

अष्ट्रेलियाले ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गर्नुपर्ने हुन्छ । जितको लागि २ सय १ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा अष्ट्रेलिया १ सय ११ रनमा अल आउट भएको थियो । उक्त खेलमा ग्लेन म्याक्सवेलले २८ रन बनाउन बाहेक अन्यको प्रदर्शन राम्रो थिएन ।

ओपनर डेविड वार्नर र आरोन फिन्चबाट उत्कृष्ट सुरुवात चाहन्छ । यी दुई ब्याटरको सुरुवात राम्रो हुँदा अन्य ब्याटर पनि खुलेर खेल्न सक्छन् । मिचेल मार्श, म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेविड र म्याथ्यु वेड हुनेछन् । अष्ट्रेलियाको ब्याटिङ आइन भने मजबुत छन् । सबै म्याच विनर ब्याटर रहेका छन् ।

अनुभवी ब्याटर स्टिभ स्मिथ र क्यामरन ग्रीनलाई आज पनि बेन्चमा राख्ने सम्भावना छ । पहिलो खेलबाट परिवर्तन गर्ने सम्भावना कम देखिन्छ । प्याट कमिन्स पनि राम्रो ब्याटिङको क्षमता राख्छन् ।

तीव्र गतिका बलर जोश हेजलवुडले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । प्याट कमिन्स र मिचेल स्टार्कले बलिङमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ । स्पिनर एडम जाम्पाबाट उत्कृष्ट प्रदर्शन चाहन्छन् ।

यता श्रीलंका अष्ट्रेलियालाई स्तब्ध पार्न चाहन्छ । ओपनर कुशल मेन्डिस र पाथुम निसांकाको प्रदर्शन महत्वपूर्ण हुनेछ । आयरल्यान्डलाई हराउन ओपनर कुशल मेन्डिसले ६८ रनको अविजित इनिङ खेलेका थिए । कुशल प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । चरिथ असलंका र भानुका राजपक्षे मध्यक्रमका ब्याटर हुन् । बायाँ हाते राजपक्षेबाट राम्रो प्रदर्शन चाहन्छ ।

कप्तान दाशुन शनका प्रमुख हिटर र फिनिसर हुन् । विश्वकपमा अपेक्षा अनुसार प्रदर्शन गरेका छैनन् । गत जुनमा अष्ट्रेलियालाई ४ विकेटले पराजित गर्न शनकाले २५ बलमा ५४ रन जोडेका थिए । त्यो समय श्रीलंकाले अन्तिम ३ ओभरमा ५९ रन जोडेको थियो । श्रीलंका शनकाबाट त्यस्तै प्रदर्शन चाहन्छ ।

स्पिनर महेथ थिक्सना र वानिन्दु हसरंगाको जोडीले लगातार उत्कृष्ट बलिङ गर्दै आएका छन् । यी दुई स्पिनरको सामना गर्न सहज भने हुनेछैन ।

हेड टु हेड :

श्रीलंका र अष्ट्रेलियाबीच कुल २५ टि२० आई खेल भएका छन् । जसमा अष्ट्रेलिया १५ र श्रीलंका १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा श्रीलंका दुई र अष्ट्रेलिया तीन खेलमा विजयी भएका छन् ।

अष्ट्रेलिया पहिलो जितको सोचमा हुनेछ । श्रीलंका लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा उक्लिन चाहन्छ । सुपर १२ को समूह ए मा न्युजिल्यान्ड, श्रीलंका र इंग्ल्यान्डको समान २ अंक भएपनि नेटरनरेटको कारण क्रमश पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । अफगानिस्तान, आयरल्यान्ड र अष्ट्रेलिया अंक विहीन ।

सुपर १२ को समूह बी मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुबै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक विहीन छन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.