default_image

2 years ago

October 25, 2022

खडकलाई बाहिर राख्दै राजुको कप्तानीमा सुदूरको टोली घोषणा

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर राजु रिजालको कप्तानीमा सुदुरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

घोषणा टोलीमा नेपाली यू-१९ टोलीबाट खेलि सकेका तथा पूर्व कप्तान खडक बहादुर बोहरालाई बाहिर राख्दै नयाँ खेलाडीलाई मौका दिएको छ । खडकको पछिल्लो समय प्रदर्शन भने कमजोर रहँदै आएको छ ।

प्रादेशिक छनोटको प्रदर्शनलाई आधार मान्दै सुदूरले टोली घोषणा गरेको छ । घोषणा टोलीमा राजुसँगै नारायण जोशी, शेर मल्ल, हेमन्त धामी र नरेन्द्र साउद लगायतका खेलाडी छन् ।

सुदूरपश्चिम प्रधानमन्त्री कपमा समूह ए मा छ । समूह ए मा नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम छन् । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म मुलपानी मैदानमा हुनेछ ।

सुदूरले पहिलो खेल कार्तिक १४ मा गण्डकीसँग टियुमा खेल्दै सुरुवात गर्नेछ । कार्तिक १५ मा मुलपानीमा एपिएफ, कार्तिक १८ मा टियुमा आर्मी र कार्तिक २१ मा कर्णालीसँग मुलपानीमा खेल्नेछ ।

शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । यता समूह बी मा नेपाल पुलिस क्लब, बागमती, मधेश, प्रदेश १ र लुम्बिनी छन् ।

सुदूरपश्चिमको टोली :

राजु रिजाल (कप्तान), बसन्त्र खत्री (उपकप्तान), नारायण जोशी, शेर मल्ल, बसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमाटा, गजेन्द्र बोहरा, विरेन्द्र नाथ, नरेन्द्र साउद, कैलाश ऐर, टेक रावल र गजेन्द्र भण्डारी ।

वैकल्पिक खेलाडी : खडक बहादुर बोहरा, विरेन्द्र बम, कृष्ण भट्ट र स्मित बुढा ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.