default_image

2 years ago

October 26, 2022

इंग्ल्यान्ड आयरल्यान्डसँग स्तब्ध

155 views

0 Bookmark

एजेन्सी – उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्ड आइसिसी टि२० विश्वकपमा आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले पराजित हुँदै स्तब्ध बनेको छ ।

जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.३ ओभरमा १०५-५ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । खेल पुन सुरु हुन नसकेपछि डकवर्थ लेविस पद्धतिको आधारमा इंगल्यान्ड ५ रनले पराजित भएको हो । टि२० आईमा आयरलयान्डले पहिलो पटक इंग्ल्यान्डलाई हराएको हो ।

मोईन अली १२ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा अविजित थिए । लियाम लिभिङस्टोन एक रनमा अविजित थिए । तर वर्षाको कारण खेल पुन सुरु हुन सकेन । यसै मैदानमा केहि समयपछि न्युजिल्यान्ड र अफगानिस्तानको खेल हुँदैछ ।

तीव्र गतिका बलर जोशुवा लिटिलले दोस्रो बलमै कप्तान जस बटलरलाई शून्यमा क्याच आउट भएका थिए । एलेक्स हेल्स ७ रनमा आउट भए । डेविड मलान ३७ बलमा २ चौकासहित ३५, बेन स्टोक्स ६ र ह्यारी ब्रुक १८ रनमा आउट भए ।

आयरल्यान्डका जोशुवा लिटिलले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । ब्यारी म्याकार्थी, फिओन ह्यान्ड र जर्ज डोकरेलले एक एक विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड १९.२ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो ।

आयरल्यान्डको लागि कप्तान एन्डी बालबिर्नीले ४७ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । ओपनर पउल स्टर्लिङ ८ बलमा १ चौका र १ छक्कासहित १४ रन जोड्दै आउट भए । स्टर्लिङ आउट हुँदा आयरल्यान्डले २.३ ओभरमा २१ रन जोडेको थियो ।

दोस्रो विकेटका लागि बालबिर्नी र लोर्कान टकर ८२ रनको साझेदारी गरेपछि आयरल्यान्डले विशाल योगफलको सम्भावना देखाएको थियो । ११.५ ओभरमा आयरल्यान्ड १०३-१ को बलियो अवस्थामा थियो ।

अन्तिम बलमा टकर रन आउट भए । जुन रन आउट आयरल्यान्डलाई भारी पर्यो । टकरले २७ बलमा ३ चौका र १ छक्कासहित ३४ रन जोडे । लगत्तै अर्को ओभरको दोस्रो बलमा मार्क वुडले ह्यारी टेक्टरलाई प्रतिघण्टा १ सय ५३ किलोमिटरको गतीमा बलिङ गर्दै जस बटलरबाट शून्यमा क्याच गराए ।

त्यसपछि आयरल्यान्ड १५.१ ओभरमा १३१–३ को अवस्थामा थियो । लियाम लिभिङस्टोनले बालबिर्नीलाई एलेक्स हेल्सबाट क्याच गराउँदै महत्वपूर्ण विकेट दिलाए । लगत्तै अर्को बलमा जर्ज डोकरेललाई बोल्ड आउट भए ।

मार्क वुडले कर्टिस क्याम्फरलाई १७ रनमा क्याच गराए । उनले ११ बलमा तीन चौका हाने । १८ औं ओभरको पाँचौं बलमा मार्क आदिर ४ रनमा क्याच भए । साम करनले १९ औं ओभरमा ब्यारी म्याकार्थी र फिओन ह्यान्डलाई आउट गर्दै मध्यम योगफलमै रोके ।

इंग्ल्यान्डका मार्क वुडले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टोनले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । साम करनले ३ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

इंग्ल्यान्डले अफगानिस्तानलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो । आयरल्यान्ड श्रीलंकासँग ९ विकेटले पराजित भएको थियो । इंग्ल्यान्डले अव शुक्रबार अष्ट्रेलियासँग खेल्नेछ । उक्त खेलमा इंग्ल्यान्डलाई जित्नै पर्ने दबाब हुनेछ ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस ४.४५० छ । श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । इंग्ल्यान्ड २ खेलमा १ मा जित र १ मा हासहित तेस्रो स्थानमा छ । आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हासहित चौथो स्थानमा छ । अष्ट्रेलिया २ खेलमा १ मा जित र १ मा हार सहित पाँचौं स्थानमा छ । अफगानिस्तान अंक बिहीन हुँदै पुछारमा छ ।

यता सुपर १२ को समूह बी मा बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा छ । दुबै टोलीको समान २ अंक भएपनि नेटरनरेटमा बंगलादेश अघि छ । दक्षिण अफ्रिका र जिम्बावे एक एक अंकका साथ तेस्रो र चौथो स्थानमा छन् । यी दुई देशबीचको खेल वर्षाको कारण रद्ध भएको थियो । पाकिस्तान र नेदरल्यान्ड्स भने अंक विहीन छन् ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.