3 years ago
October 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

उपाधिको दाबेदार आर्मीको टोलीमा विनोद, सोमपाल कामी, रोहित पौडेल र अर्जुन साउद लगायतका खेलाडी छन् । साविक विजेता समेत रहेको आर्मीको टोली सन्तुलित रहेको छ । आर्मीको टोलीमा तीव्र गतिका बलर विक्रम सोब टोलीमा फर्किएका छन् । सोबले चोटका कारण नवौं राष्ट्रिय खेलकुद गुमाएका थिए ।
आर्मी समूह बी मा छ । आर्मी, नेपाल एपिएफ क्लब, गण्डकी, कर्णाली र सुदूरपश्चिम छन् । समूह बी मा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश १ छन् ।
आर्मीले उद्धघाटन खेलमा कार्तिक १३ मा टियु मैदानमा एपिएफसँग खेल्दै सुरुवात गर्नेछ । आर्मीले दोस्रो खेल सुदूरपश्चिमसँग टियुमा नै कार्तिक १८ मा खेल्नेछ । त्यसपछि मुलपानीमा कार्तिक २० मा गण्डकी र कार्तिक २२ मा कर्णालीसँग खेल्नेछ । कार्तिक २४ मा सेमिफाइनल र कार्तिक २६ मा फाइनल हुनेछ ।
आर्मीको टोली :
विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), हरि चौहान, भीम सार्की, रोहित पौडेल, राजेश पुलामी, सोनु तामाङ, कुशल मल्ल, सोमपाल कामी, विक्रम सोब, सुशन भारी, साहब आलम, आकाश चन्द र जितेन्द्र मुखिया ।
प्रशिक्षक : चन्द्र साउद
व्यवस्थापक – इन्द्रकमल मानन्दर
परिवर्तन : यसअघि समाचारमा जितेन्द्र मुखिया नै परेनन् भन्ने भएपनि आर्मीले पुन : खेलाडी परिवर्तन गर्दै अनिल मण्डलको स्थानमा उनलाई टोलीमा समेटेको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]