3 years ago
October 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

कर्णालीले अलराउन्डर रविन्द्रजंग शाहीको कप्तानीमा चार खेलाडीलाई पहिलो पटक समेट्दै प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा दीपेन्द्र रावत, आवश शाह, मोहन विक र विपिन शाहीले पहिलो पटक प्रधानमन्त्री कप टोली खेल्ने परेका हुन् ।
रविन्द्रसँगै अनुज चनरा, दीनेश अधिकारी, प्रकाश जैसी र विपिन रावल प्रमुख खेलाडी हुन् । कर्णाली समूह ए मा छ । समूह ए मा कर्णाली, गण्डकी, सुदूरपश्चिम, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश नम्बर १ छन् ।
कर्णालीले पहिलो खेल कार्तिक १६ मा टियुमा गण्डकीसँग खेल्दै सुरुवात गर्नेछ । टियुमा कार्तिक १९ मा एपिएफसँग खेल्नेछ । कार्तिक २१ मा सुदूरपश्चिमसँग र कार्तिक २२ मा आर्मीसँग मुलपानीमा खेल्नेछ । पछिल्लो समय कर्णालीले राम्रो प्रदर्शन गर्दै आएको छ । कर्णाली यो पटक पनि आफ्नो प्रभावलाई निरन्तरता दिन चाहन्छ ।
कर्णालीको टोली :
रविन्द्रजंग शाही (कप्तान), प्रकाश जैशी, दीपेन्द्र रावत, हिमान्शु शाही, अनुज चनारा, आवश शाह, दीनेश अधिकारी, विपिन रावल, सुवोध ऐर, अर्जुन घर्ती, दिवान पुन, विपिन शाही, निश्चिल रावल र मोहन विक ।
प्रशिक्षक : विरेन्द्र शाही
टिम व्यवस्थापक : रोशन शाही ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]