default_image

2 years ago

October 29, 2022

प्रधानमन्त्री कप खेल्ने कर्णालीको टोली घोषणा

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ ।

कर्णालीले अलराउन्डर रविन्द्रजंग शाहीको कप्तानीमा चार खेलाडीलाई पहिलो पटक समेट्दै प्रधानमन्त्री कप खेल्ने टोली घोषणा गरेको छ । घोषणा टोलीमा दीपेन्द्र रावत, आवश शाह, मोहन विक र विपिन शाहीले पहिलो पटक प्रधानमन्त्री कप टोली खेल्ने परेका हुन् ।

रविन्द्रसँगै अनुज चनरा, दीनेश अधिकारी, प्रकाश जैसी र विपिन रावल प्रमुख खेलाडी हुन् । कर्णाली समूह ए मा छ । समूह ए मा कर्णाली, गण्डकी, सुदूरपश्चिम, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश नम्बर १ छन् ।

कर्णालीले पहिलो खेल कार्तिक १६ मा टियुमा गण्डकीसँग खेल्दै सुरुवात गर्नेछ । टियुमा कार्तिक १९ मा एपिएफसँग खेल्नेछ । कार्तिक २१ मा सुदूरपश्चिमसँग र कार्तिक २२ मा आर्मीसँग मुलपानीमा खेल्नेछ । पछिल्लो समय कर्णालीले राम्रो प्रदर्शन गर्दै आएको छ । कर्णाली यो पटक पनि आफ्नो प्रभावलाई निरन्तरता दिन चाहन्छ ।

कर्णालीको टोली :

रविन्द्रजंग शाही (कप्तान), प्रकाश जैशी, दीपेन्द्र रावत, हिमान्शु शाही, अनुज चनारा, आवश शाह, दीनेश अधिकारी, विपिन रावल, सुवोध ऐर, अर्जुन घर्ती, दिवान पुन, विपिन शाही, निश्चिल रावल र मोहन विक ।

प्रशिक्षक : विरेन्द्र शाही

टिम व्यवस्थापक : रोशन शाही ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.