default_image

2 years ago

October 29, 2022

फिलिप्सको सानदार शतकमा न्युजिल्यान्डको बलियो योगफल

143 views

0 Bookmark

एजेन्सी – विकेटकिपर ग्लेन फिलिप्सले दुई जीवनदानको फाइदा उठाउँदै सानदार शतक प्रहार गरेपछि न्युजिल्यान्डले आइसिसी टि२० विश्वकपमा श्रीलंकालाई १ सय ६८ रनको बलियो लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ६४ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक १ सय ४ रनको सानदार शतकीय इनिङ खेले ।

उनले ६१ बलमा शतक पूरा गरे । स्पिनर महेश थिक्सनालाई १९ औं ओभरको पाँचौं बलमा डिप स्क्वायर लेगमा चौका हान्दै शतक पूरा गरेका थिए । उनको विश्वकपमा पहिलो र टि२० आई करिअरको दोस्रो शतक हो । कठिन समयबाट शतक हान्दै न्युजिल्यान्डलाई सुरक्षित योगफलमा पुर्याएका हुन् ।

त्यसअघि उनले दुई महत्वपूर्ण जीवनदान पाए । स्पिनर वानिन्दु हसरंगाको सातौं ओभरको पाँचौं बलमा पाथुम निसांकाले फिलिप्सको ब्यक्तिगत १२ रनमा सहज क्याच छोड्न पुगेका थिए । त्यस्तै चामिका करुणारत्नेको १४ औं ओभरको दोस्रो बलमा कप्तान दासुन शनकाले ४५ रनमा पुन क्याच छोड्न पुगे ।

न्युजिल्यान्डको सुरुवात खराब रह्यो । ओपनर फिन एलेन स्पिनर महेश थिक्सनाको पहिलो ओभरको चौथो बलमै एक रनमा बोल्ड हुन पुगे । तेस्रो ओभरको दोस्रो बलमा धनन्जय डि सिल्भाले डेभन कन्वेलाई एक रनमा बोल्ड गरे । तीव्र गतिका बलर कासुन रजिथाको बलमा कप्तान केन विलियम्सन ८ रनमा कुशल मेन्डिसबाट क्याच आउट भएपछि न्युजिल्यान्ड ४ ओभरमा १५–३ को कमजोर अवस्थामा पुगेको थियो ।

चौथो विकेटका लागि फिलिप्स र डर्याल मिचेलले ८४ रनको साझेदारी गरेका थिए । मिचेललाई हसरंगाले १५ औं ओभरको तेस्रो बलमा २२ रनमा बोल्ड आउट गरे । जेम्श निशम ५, मिचेल सान्टनार ११ र ईश सोधीले एक रन बनाए । श्रीलंकाको फिल्डिङ भने कमजोर रह्यो ।

श्रीलंकाका कासुन रजिथाले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । महेश थिक्सना, धनन्जय डि सिल्भा, वानिन्दु हसरंगा र लाहिरु कुमाराले एक एक विकेट लिए ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.