default_image

2 years ago

October 29, 2022

प्रधानमन्त्री कप : सहभागी टिमका अन्तिम टोली यस्तो

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरि कुल १० टोली छन् । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश […]

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री कप कार्तिक १३ देखि २६ सम्म काठमाडौंमा हुनेछ ।

प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरि कुल १० टोली छन् । समूह ए मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, बागमती, लुम्बिनी, मधेश र प्रदेश एक छन् । पहिलो दिन टियुमा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने छ । उता मुलपानीमा पुलिस र बागमती भिड्ने छन् ।

प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले ५ लाख पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५०(५० हजार पाउनेछन् । त्यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिता उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले ५ हजार पाउनेछन् । प्रतियोगिताको अनुमाति कुल बजेत १ करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख र अन्य क्यानले आन्तरिक श्रोतबाट पूरा गर्नेछ ।

हरेक टोलीले १४ जना राख्न पाउनेछन् । जसबाट कुल १ सय ४० खेलाडी प्रधानमन्त्री कपमा सहभागी हुनेछन् । प्रधानमन्त्री कप खेल्ने सबै टोलीले नाम सार्वजनिक गरेका छन् । पाँचौं संस्करणको प्रधानमन्त्री कप खेल्ने सबै टोली र खेलाडीहरु यस प्रकार छन् ।

१.प्रदेश १ को टोली :

सिद्धान्त लोहनी, विशाल आचार्य, श्रवण यादव, दिपक राज जोशी, मिनश थापा, निरज मुखिया, अंकित सुवेदी, सुजन थपलिया, सोनु मण्डल, सोनु अन्सारी, विवेक मेहता, फिर्दोस अन्सारी, हेमन राई र लभ कामत ।

. मधेशको टोली :

हरि शंकर शाह (कप्तान), विवेक यादव, सन्तोष कार्की, अनिल कुमार शाह (विकेटकिपर), रतन रौनक, डब्लू मलिक, ईमरान शेख, रोहन विक, विशाल पटेल, रुपेश सिंह, राजेश यादव, मोहम्मद आदिल आलम, विशाल शुश्लिङ र प्रदीप पासवान ।

३. बागमतीको टोली :

ज्ञानेन्द्र मल्ल (कप्तान), पृथु बाँस्कोटा, रित गौतम, विवेक रानामगर, दुर्गेश थापा (विकेटकिपर), आशुतोष घोईरोइया, ईशान पाण्डे, नन्दन यादव, रामनरेश गिरी, प्रतिश जि.सी., रिजन ढकाल, सूर्य तामाङ, तिलकराज भण्डारी र सोनु सोनु देवकोटा ।

४. गण्डकीको टोली :

विपिन खत्री (कप्तान), चन्द्रकान्त पौडेल, समीर कंडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पंगेनी, सन्देश बस्नेत, अभिषेक बस्नेत, सुवास भण्डारी, कृष्ण पौडेल र कमल परियार ।

५. लुम्बिनीको टोली :

देव खनाल (कप्तान), बसिर अहमद (उप–कप्तान), प्रज्ज्वल थापा, आकाश त्रिपाठी, मोहम्मद हुसेन, सन्दीप रजाली, विशाल विक्रम केसी, तुलबहादुर थापा, कृष्ण कार्की, दुर्गेश गुप्ता, सुनिल भण्डारी, अनिल खरेल, नरेश नेपाली, अभिषेक गौतम ।

६. कर्णालीको टोली :

रविन्द्रजंग शाही (कप्तान), प्रकाश जैशी, दीपेन्द्र रावत, हिमान्शु शाही, अनुज चनारा, आवश शाह, दीनेश अधिकारी, विपिन रावल, सुवोध ऐर, अर्जुन घर्ती, दिवान पुन, विपिन शाही, निश्चिल रावल र मोहन विक ।

७. सुदूरपश्चिमको टोली :

राजु रिजाल (कप्तान), बसन्त्र खत्री (उपकप्तान), नारायण जोशी, शेर मल्ल, बसन्त कार्की, हेमन्त धामी, मिलन बोहरा, दीपक टमाटा, गजेन्द्र बोहरा, विरेन्द्र नाथ, नरेन्द्र साउद, कैलाश ऐर, टेक रावल र गजेन्द्र भण्डारी ।

८. एपिएफको टोली :

शरद भेषवाकर (कप्तान), प्रदीप ऐरी, आसिफ शेख, पुरन विक, सन्दीप जोरा, सुमित महर्जन, आयुस्मान बम, भुवन कार्की, अमरसिंह राउटेला, कमलसिंह ऐरी, किशोर महतो, लोकेश बम, दीपक बोहरा र मौसम ढकाल ।
प्रशिक्षकः राजेश श्रेष्ठ

९. आर्मीको टोली :

विनोद भण्डारी (कप्तान तथा विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), हरि चौहान, भीम सार्की, रोहित पौडेल, राजेश पुलामी, सोनु तामाङ, कुशल मल्ल, सोमपाल कामी, विक्रम सोब, सुशन भारी, साहब आलम, आकाश चन्द र जितेन्द्र मुखिया ।

१०. पुलिसको टोली :

दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख (उपकप्तान), कुशल भुर्तेल, दीलिप नाथ (विकेटकिपर), अमित श्रेष्ठ, शंकर राना, सुनिल धमला, सागर ढकाल, ललित राजवंशी, योगेन्द्रसिंह कार्की, राशिद खान, पवन सरार्फ, करण केसी र गुल्शन झा ।

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.