default_image

3 years ago

October 30, 2022

विश्वकपमा आज उपाधि दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै

275 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपमा आज उपाधिका दुई दाबेदार टोली भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः ४५ मा पर्थमा सुरु हुनेछ ।

भारत र दक्षिण अफ्रिका दुबै उपाधिका दाबेदार टोली हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५६ रनले हराएको थियो । भारत सुपर १२ को समूह बी मा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिकाले पहिलो खेलमा जिम्बावेसँग वर्षाको कारण खेल पूरा हुन नसक्दा अंक बाँडेको थियो ।

दोस्रो खेलमा बंगलादेशलाई १ सय ४ रनको फराकिलो अन्तरले हराएको थियो । दक्षिण अफ्रिका २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । यस खेलको विजेता टोली सेमिफाइनल पुग्ने बलियो सम्भावना हुनेछ । भारत विजयी हुँदा भने सेमिफाइनल पक्कापक्की देखिन्छ । भारतले यस खेलपछि अव बंगलादेश र जिम्बावेसँग खेल्नेछ । दक्षिण अफ्रिकाले पाकिस्तान र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ ।

आजको खेलमा दक्षिण अफ्रिका विजयी हुँदा पाकिस्तान बाहिरने सम्भावना उच्च हुनेछ । दक्षिण अफ्रिका ब्याटिङ र बलिङ उत्कृष्ट छ । शीर्षक्रमका ब्याटर राइली रोसोउले पछिल्ला दुई इनिङमा लगातार शतक हानेका छन् । पछिल्लो खेलमा भारत र विश्वकपमा बंगलादेशविरुद्ध शतक हान्दै उनी लगातार दुई शतक हान्ने विश्वकै दोस्रो खेलाडी बनेका थिए । रोसोउको लय रोक्न भारतीय बलरलाई मुख्य चुनौती हुनेछ ।

ओपनर क्विन्टन डि कक, एडेन माक्ररम र डेविड मिलर पनि उच्च लयमा छन् । मिलरले विष्फोटक अन्त्य गर्दै आएका छन् । तल्लोक्रममा ट्रिस्टन स्टब्स र वेन पार्नेल हुनेछन् । स्टब्स राम्रो हिटर हुन् । ओपनर तथा कप्तान टेम्बा बभुमा लगातार खराब प्रदर्शन गर्दै आएका छन् । बभुमाको प्रदर्शनमा लगातार प्रश्न उठ्दै आएको छ । उनी आफैं दबाबमा हुनेछन् ।

दक्षिण अफ्रिका तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ । एनरिच नोर्किया, कागिसो रबाडा, लुन्गी एनगिडी र वेन पार्नेल हुनेछन् । नोर्किया र रबाडाको जोडी भारतीय ब्याटरलाई घातक बन्नसक्छन् । नोर्कियाले बंगलादेशविरुद्ध ३.३ ओभरमा १० रन खर्चेर ४ विकेट लिएका थिए ।

रबाडा र नोर्किया प्रतिघण्टा १ सय ५० किलोमिटरको गतीमा गर्नेछन् । स्पिनरमा तबरेज शाम्सी र महाराज हुनेछन् । दक्षिण अफ्रिका बलिङ, ब्याटिङ र फिल्डिङ उत्कृष्ट छ । पछिल्लो समय उच्च मनोबलमा पनि छ । सेमिफाइनलमा पुग्न जित्नै पर्ने हुँदा उच्च प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

यता भारतका विराट कोहली राम्रो लयमा छन् । कोहलीले विश्वकपमा नेदरल्यान्ड् र पाकिस्तान दुबै खेलमा अर्धशतक हानेका थिए । कोहली राम्रो लयमा छन् । कोहली जिम्मेवारीका साथ परिस्थीति अनुसार खेल्ने खेलाडी हुन् । त्यसैले उनको विकेट महत्वपूर्ण हुनेछ । कप्तान रोहित शर्मा र लोकेश राहुलबाट राम्रो सुरुवात चाहन्छ ।

तर यी दुबै ब्याटर स्वीङ बलमा सस्तैमा आउट हुँदै आएका छन् । सुरुवाती दुई खेलमा राहुलको प्रदर्शन राम्रो हुन सकेको छैन । भारतले राहुललाई निरन्तरता दिने सम्भावना छ ।

सूर्यकुमार यादव मध्यक्रमका भरपर्दा ब्याटर हुन् । उनी राम्रो लयमा छन् । मध्यक्रममा उनको विकेट महत्वपूर्ण हुनेछ । हार्दिक पान्ड्या, दीनेश कार्तिक र अक्षर पटेल तल्लोक्रमका ब्याटर हुन् । हार्दिक र दीनेश फिनिसर हुन् ।

तीव्र गतिका बलर अर्शदीप सिंह र भुवनेश्वर कुमार तीव्र गतिका बलर हुन् । यी दुबै बलरले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेका छन् । मोहम्मद शामी तेस्रो तीव्र गतिका बलर हुन् । स्पिनरमा अक्षर र रविचन्द्रन आश्विन हुनेछन् । आश्विनलाई बेन्चमा राख्दै हर्षल पटेल वा युजभेन्द्र चहललाई मैदान उतार्न सक्छ ।

हेड टु हेड :

हालसम्म दक्षिण अफ्रिका र भारतबीच २३ टि२० आई खेल भएका छन् । पछिल्ला पाँच खेलमा दक्षिण अफ्रिका एक र भारत तीन खेलमा विजयी भएका छन् । गत अक्टोबरमा तीन टि२० आई खेलको सिरिज हुँदा घरेलु टोली भारतले सिरिज २–१ ले जितेको थियो ।

अंक तालिका

सुपर १२ को समूह ए मा न्युजिल्यान्ड ३ खेलमा २ मा जितसहित ५ अंकका साथ शीर्ष स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेल रद्ध हुँदा ३ अंकका साथ दोस्रो स्थानमा छ । आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ ।

अष्ट्रेलिया ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै चौथो स्थानमा छ । अफगानिस्तान ३ खेलमा १ मा हार र दुई खेलमा अंक बाँड्दै पाँचौं स्थानमा छ । श्रीलंका ३ खेलमा १ मा जित र ३ मा हार सहित पुछारमा छ ।

सुपर १२ को समूह बी मा भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंकका साथ दोस्रो स्थानमा छ ।

जिम्बावे २ खेलमा १ मा जित र १ मा अंक बाँड्दै ३ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेश २ खेलमा १ मा जित र १ मा हारसहित चौथो स्थानमा छ । पाकिस्तान र नेदरल्यान्ड्स अंक विहीन हुँदै पुछारमा छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.