default_image

3 years ago

October 31, 2022

सन्दीपविरुद्ध मुद्दा दर्ता

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजायको माग गर्दै सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

नाबालिग बलात्कार मुद्दामा हिरासतमा रहेका सन्दीपविरुद्ध कैद माग गर्दै अदालतमा मुद्दा दर्ता भएको हो । आजै थुनछेक बहस हुने बताएके छ । विदेशबाट फर्केका सन्दीपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । तीन पटक म्याद थप गर्दै उनीमाथि अनुन्धान भएको थियो ।

सन्दीप विदेशमै रहेका बेला भदौ २१ गते प्रहरी बृत गौशालामा उनीविरुद्ध बलात्कार गरेको भन्दै उजुरी दर्ता भएको थियो । १७ वर्षिया नाबालिगले भदौ ५ गते काठमाडौंको एक होटलमा आफूलाई पटक पटक सन्दीपले बलत्कार गरेको जाहेरी दिएकी थिइन् । सन्दीपले भने आफूमाथि बालात्कारको भुट्टा आरोप लगाइएको बताउँदै आएका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.