3 years ago
November 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर अनिल खरेल र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।

लगातार तीन हारसँगै बागमती एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ३५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीको जितमा कप्तान देव खनालले १ सय १९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७७ रनमा अविजित रहे ।
त्यस्तै सन्दीप रजाली ४१ बलमा २ चौकासहित २९ रनमा अविजित रहे । ओपनर आकाश त्रिपाठी ३ र प्रज्वल थापा २९ रनमा आउट भए । प्रज्वलले ४२ बलमा ४ चौका हाने । बागमती प्रदेशका प्रतिश जि.सी. र रिजन ढकालले एक एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ३८.१ ओभरमा १ सय ५४ रनमा अल आउट भयो । बागमतीको लागि कप्तान ज्ञानेन्द्र मल्लले ४६ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा बनाए ।
विकेटकिपर दुर्गेश थापाले ३९ बलमा ४ चौका र १ छक्कासहित ३२, ओपनर आषुतोश २२, रित गौतम ६, ईशान पाण्डे शून्य, सूर्य तामाङ १७, नन्दन यादव १, प्रतिश जि.सी १५ र रामनरेश गिरीले १० रन बनाए ।
लुम्बिनीका अनिल खरेलले १० ओभरमा ३ मेडनसहित ३० रन खर्चेर ४ विकेट लिए । विशाल विक्रम केसीले ३.१ ओभरमा १ मेडनसहित ५ रन खर्चेर २ विकेट लिए ।

अभिषेक गौतमले दुई, कृष्ण कार्की र मोहम्मद हुसेनले एक एक विकेट लिए । लुम्बिनीले बिहीबार टियु मैदानमा पुलिससँग खेल्नेछ । बागमतीले अन्तिम खेल कार्तिक २१ मा मधेशसँग खेल्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]