2 years ago
November 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार मुद्दा खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीको निलम्बित कप्तान सन्दीप लामिछानको मुद्दामा थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
जिल्ला अदालत काठमाडौंमा बुधबार दुवैतर्फका कानुन व्यवसायीले बहस गरेका छन् । सबै कानुन व्यवसायीको बहस नसकिएकोले मुद्दा हेर्दा हेर्दैमा गएको हो । सन्दीपका वकिलले बुधबार पीडित नाबालिग नभएको प्रमाण पेस गरेर उनलाई धरौटीमा छाड्न माग गरेका छन् ।
दुई दिनदेखि जारी थुनछेकको बहसका क्रममा बुधबार सन्दीपका वकिलहरुले पीडित नाबालिग नरहेको प्रमाण पेश गरेका छन् । पीडित भनिएकी र अभियोग लागेका सन्दीप दुवैजनाको बयान इजलासमा सकिएपछि उक्त प्रमाण पेश गरिएको हो ।
सन्दीपको तर्फबाट बहसमा सहभागी वकिलहरुले पीडित नाबालिग नभएको प्रमाणस्वरुप जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि न्यायाधीशसमक्ष पेश गरेका छन् ।
अदालतमा पेश गरिएको उक्त प्रमाणपत्रमा पीडित भनिएकी किशोरीको जन्म २०६१ असार १८ गते भएको उल्लेख छ । त्यसअनुसार पीडित १८ वर्ष ३ महिना पूरा भइसकेको देखिएको छ । सन्दीपले आफूले बालात्कार नगरेको बयान दिदै आएका छन् ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]