default_image

2 years ago

November 3, 2022

यसरी सेमिफाइनलमा पुग्न सक्छ पाकिस्तान

140 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपमा पाकिस्तानले आज दक्षिण अफ्रिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।

पाकिस्तान सुरुवाती दुई खेलमा हारपछि सेमिफाइनल सम्भावना कठिन बनेको छ । तर अझैपनि पाकिस्तान सेमिफाइनलमा पुग्ने अंक गणीतिय समिकरण भने बाँकी छ । पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र दोस्रो खेलमा जिम्बावेसँग एक रनले पराजित भएको थियो ।

त्यसपछि नेदरल्यान्ड्स ६ विकेटले हराएको थियो । पाकिस्तान अहिले ३ खेलमा २ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तान अव ६ अंकका साथ सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना छ ।

त्यसको लागि पाकिस्तानले पहिला दक्षिण अफ्रिका र आइतबार बंगलादेशलाई हराउनुपर्छ । यी दुई खेलमा जित्दा पाकिस्तान ६ अंक हुन्छ । ६ अंकपछि पाकिस्तानसँग दुई विकल्प हुनेछ । ६ अंक भएपछि पाकिस्तानले भारत वा दक्षिण अफ्रिका मध्य एकलाई पछि पार्नुपर्ने हुनछ ।

भारतले अव आइतबार जिम्बावेसँग खेल्न बाँकी छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ खेलमा अंक बाँड्दै ५ अंकका साथ दोस्रो स्थानमा छ ।

दक्षिण अफ्रिकाले अव पाकिस्तानपछि नेदरल्यान्ड्सँग खेल्नेछ । आज दक्षिण अफ्रिका पाकिस्तानसँग पराजित हुँदा उसको ७ अंकको सम्भावना हुनेछ । पाकिस्तान सेमिफाइनलमा पुग्न भारतले जिम्बावेसँग हार्नुपर्ने हुन्छ । भारतको नेटरनरेट प्लस ०.७३० छ । पाकिस्तानको नेटरनरेट प्लस ०.७६५ छ ।

पाकिस्तानले दुबै खेल जित्दा नेटरनरेट बढ्नेछ । भारतले हार्दा नेटरनरेट घट्नेछ । यसरी नतिजा आएमा दुबै टोलीको ६–६ अंक हुँदा पाकिस्तान नेटरनरेटको कारण सेमिफाइनलमा पुग्न सक्छ ।

त्यसको लागि भारतले अन्तिम खेल हार्नुपर्छ । पाकिस्तानले दुबै खेल जित्नुपर्छ । भारतले जित्दा भने दक्षिण अफ्रिका दुबै खेल हार्नुपर्छ । अन्यथा पाकिस्तान बाहिरिनुपर्ने हुन्छ । पाकिस्तान आजको खेलमा पराजित हुँदा भने सिधैं बाहिरिनेछ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.