default_image

3 years ago

November 3, 2022

दीपेन्द्रको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा पुलिस सेमिफाइनल नजिक

202 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।

पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै समूह बी बाट सेमिफाइनलमा स्थान लगभग पक्का पक्की गरेको छ । । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसको जितमा दीपेन्द्रसिंह ऐरीले ६६ बलमा ४३ रनमा अविजित रहँदै खेल सकाए । विजयी चौका प्रहार गरेका दीलिप नाथ ६ रनमा अविजित रहे ।

ओपनर सुनिल धमलाले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै पावर प्लेमा २६ बलमा ४ चौका र २ छक्कासहित ३६ रन जोड्दै आक्रामक सुरुवात दिलाएका थिए ।

तर उनको आक्रामक सुरुवात धेरै समय टिक्न सकेन । टियु एण्डबाट आएका तीव्र गतिका बलर दुर्गेश गुप्ताले बोल्ड गर्दै पेभेलिएन पर्काए ।

त्यसपछि आएका अमित श्रेष्ठ ३५ बलमा ५ चौकासहित २८ रनमा आउट भए । अमित स्पिनर अनिल खरेलको बलमा एलबीडब्लू आउट भए । कुशल भुर्तेल ४१ बलमा २ चौकासहित ३२ रनमा आउट भए । कुशल पनि अनिलको बलमा विकेटकिपर प्रज्वल थापाबाट आउट भएका थिए ।

आरिफ शेख ५१ बलमा ५ चौकासहित ३५ रनमा आउट भए । लुम्बिनीका स्पिनर अनिल खरेलले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए । दुर्गेश गुप्ता र मोहम्मद हुसेनले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी प्रदेश ४४.२ ओभरमा १ सय ८८ रनमा अल आउट भएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ८८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

देवको यो लगातार दोस्रो अर्धशतक हो । देवले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध ७७ रन बनाएका थिए । विशाल विक्रम केसीले ३८ बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए । देव र विशाल बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर करण केसीले ओपनर आकाश त्रिपाठीलाई पहिलो ओभरको पाँचौं बलमा शून्यमा विकेटकिपर दीलिप नाथबाट क्याच गराए । दोस्रो विकेटका लागि प्रज्वल थापा र देव खनालले ६० रनको साझेदारी गरेका थिए ।

स्पिनर सागर ढकालले प्रज्वललाई २३ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए । उनले ६२ बलमा २ चौका प्रहार गरे । सन्दीप रजाली ७ रनमा दीपेन्द्रको बलमा आउट भए । गुलशन झाको बलमा चोभारतर्फ सट खेलेका देव मिडअनमा सुनिल धमलाबाट क्याच आउट भए ।

त्यसपछि लुम्बिनीले लगातार विकेट गुमायो । बसिर अहमदलाई दीपेन्द्रले ५ रनमा बोल्ड आउट गरे । दीपेन्द्रले कृष्ण कार्कीलाई ९ र अनिल खरेललाई शून्यमा आउट गरे । दुर्गेश गुप्ता र मोहम्मद हुसेनलो ११–११ रन बनाए ।

पुलिसका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ५५ रन खर्चेर ४ विकेट लिए । करण केसी ७ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सागर ढकालले ७.२ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । गुलशन झा र ललितनारायण राजवंशीले एक एक विकेट लिए ।

पुलिसले समूह बी को पहिलो खेलमा बागमती १ सय ९२ रन र प्रदेश एकलाई ७ विकेटले हराएको थियो । पुलिसले अव अन्तिम खेल मधेशसँग कार्तिक २२ मा टियुमा खेल्नेछ ।

समूह बी मा पुलिस ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा बागमती प्रदेशलाई ८ विकेटले हराएको थियो । लुम्बिनीले अव मधेशसँग आइतबार र सोमबार मधेशसँग खेल्नेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.