default_image

3 years ago

November 4, 2022

नेटरनरेटमा निर्भर समूह ए को सेमिफाइनल

226 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकप सुपर १२ को समूह ए को सेमिफाइनलमा पुग्ने दुई टोलीको निर्धारण नेटरनरेटबाट टुङ्गो लाग्ने उच्च सम्भावना छ ।

सुपर १२ को समूह ए मा सबै टोलीले अन्तिम खेल खेल्न बाँकी छ । अफगानिस्तान औपचारिक रुपमा बाहिरिएको छ । अन्य पाँच टोलीको सेमिफाइनल पुग्ने सम्भावना छ । इंग्ल्यान्ड, न्युजिल्यान्ड र अष्ट्रेलिया मजबुत अवस्थामा छन् । तर नेटरनरेटको कारण एक टोली बाहिरिने देखिन्छ ।

न्युजिल्यान्ड, इंग्ल्यान्ड र अष्ट्रेलियाको समान ४ खेलमा ५–५ अंक छ । यदि अन्तिम खेलमा यी तीनै टोली विजयी हुँदा सबैको समान ७–७ अंक हुनेछ । यो अवस्थामा सेमिफाइनलमा पुग्ने दुई टोली नेटरनरेटबाट निर्धारण हुनेछ । हालसम्म न्युजिल्यान्डको नेटरनरेट प्लस २.२३३, इंग्ल्यान्डको प्लस ०.५४७ र अष्ट्रेलियाको माइनस ०.३०४ छ ।

पराजित हुने वा वर्षाको कारण अंक बाँड्ने टोली बाहिरिने देखिन्छ । अष्ट्रेलियालाई अन्य टोलीलाई भन्दा नेटरनरेटमा बढी दबाब हुनेछ । त्यसैले अष्ट्रेलियाले न्युजिल्यान्ड र इंग्ल्यान्ड मध्य एकको हार वा वर्षाको कारण रद्ध चाहन्छ । न्युजिाल्यान्डले आज विहान ९ : ४५ मा आयरल्यान्डसँग खेल्दैछ ।

उता अष्ट्रेलियाले आज दिउँसो नै अफगानिस्तानसँग १ : ४५ मा प्रतिस्पर्धा गर्नेछ । न्युजिल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्न कम्तिमा अष्ट्रेलियाको नतिजा पर्खनु पर्छ । अष्ट्रेलियाको भन्दा बढी नेटरनरेट भएमा न्युजिल्यान्ड आज नै सेमिफाइनल पुग्नेछ । अष्ट्रेलियाको नेटरनरेट न्युजिल्यान्डको भन्दा बढी भएमा स्वत सेमिफाइनलमा पुग्नेछ । इंग्ल्यान्डले शनिबार श्रीलंकासँग खेल्नेछ । नेटरनरेटकै कारण साविक विजेता तथा घरेलु टोली अष्ट्रेलिया बाहिरिनु पर्ने खतरा छ ।

पहिलो खेलमा न्युजिल्यान्डसँग ८९ रनले पराजित भएपछि अष्ट्रेलियालाई नेटरनरेटमा ठूलो असर परेको हो । अष्ट्रेलिया सेमिफाइनलमा पुग्न अफगानिस्तानमाथि विशाल जित हात पार्नु पर्ने छ । कम्तिमा न्युजिल्यान्ड र इंग्ल्यान्ड मध्य एकलाई पछि पार्नसक्नुपर्छ । अहिलेको अवस्थामा इंग्ल्यान्डलाई पछि पार्न सहज देखिन्छ ।

श्रीलंका ४ अंक र आयरल्यान्डको ३ अंक छ । श्रीलंका ६ अंकका साथ सेमिफाइनल खेल्न चाहन्छ । त्यसको लागि अष्ट्रेलिया र न्युजिल्यान्ड मध्य एक टोलीले हार्नै पर्छ । उता आयरल्यान्ड सेमिफाइनलमा पुग्न न्युजिल्यान्डमाथि विशाल जित हात पार्नुपर्छ ।

त्यस्तै अष्ट्रेलिया र इंग्ल्यान्डपनि फराकिलो अन्तरले पराजित हुनुपर्छ । यस्तो नतिजा आउँदा समान ५ अंक हुँदा नेटरनरेटको कारण सेमिफाइनल खेल्न सक्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.