default_image

2 years ago

November 4, 2022

अष्ट्रेलियालाई अफगानिस्तानमाथि फराकिलो जितको दबाब

118 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले आइसिसी टि२० विश्वकपमा आज अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा एडिलेड ओभलमा सुरुहुनेछ ।

साविक विजेता तथा घरेलु टोली अष्ट्रेलियालाई शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न अफगानिस्थानमाथि फराकिलो जित हात पार्नुपर्ने हुन्छ । अष्ट्रेलियाको ४ खेलमा ५ अंक छ । न्युजिल्यान्ड र इंग्ल्यान्डको समान ४ खेलमा ५–५ अंकका साथ नेटरनरेटका कारण क्रमश : पहिलो दोस्रो स्थानमा छन् ।

न्युजिल्यान्डले पहिलोे खेलमा आज आयरल्यान्डसँग प्रतिस्पर्धा गरि रहेको छ । उता इंग्ल्यान्डले शनिबार श्रीलंकासँग खेल्नेछ । इंग्ल्यान्ड र न्युजिल्यान्ड विजयी हुँदा ७–७ अंक हुनेछ ।

न्युजिल्यान्डको नेटरनरेट प्लस २.२३३ छ । आजको खेलमा विजयी हुँदा झनै बढ्नेछ । इंग्ल्यान्डको नेटरनेट प्लस ०.५४७ छ । अष्ट्रेलियाको नेटरनरेट माइनस ०.३०४ छ । त्यसैले सेमिफाइनल खेल्न अष्ट्रेलियालाई सामान्य जित पर्याप्त नहुने देखिन्छ । अथवा न्युजिल्यान्ड र इंग्ल्यान्ड मध्य एक टोली पराजित हुनुपर्छ ।

विश्वस्तरिय स्पिनर राशिद खान, मुजिब उर रहमान र मोहम्मद नाबी रहेको अफगानिस्तानविरुद्ध अष्ट्रेलियाले फराकिलो जित निकाल्नुपर्छ । ओपनर डेविड वार्नर र आरोन फिन्चबाट विष्फोटक सुरुवात चाहन्छ । त्यसपछिका मिचेल मार्श, ग्लेन म्याक्सवेल, टिम डेविड, मार्कस स्टोइनिस र म्याथ्यु वेडले पनि विष्फोटक गर्दै विशाल योगफल बनाउनु पर्ने हुन्छ ।

अष्ट्रेलियाको सोच पहिला ब्याटिङ गर्दै विशाल योगफल बनाउँदै अफगानिस्तानलाई सस्तैमा रोक्ने हुनेछ । अथावा जति सक्यो कम योगफलमा रोक्दै छिटो पूरा गर्ने हुनेछ । अष्ट्रेलिया तीव्र गतिका बलर मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवुडले सानदार बलिङ गर्दै सस्तैमा अल आउट गर्नुपर्ने हुन्छ । स्पिनरमा एडम जाम्पाले निरन्तरता पाउनेछन् ।

यता अफगानिस्तान औपचारिक रुपमा बाहिरिएको छ । तर अन्तिम खेलमा सानदार प्रदर्शन गर्न चाहन्छ । त्यसको लागि तीन स्पिनरको प्रदर्शन महत्वपूर्ण हुनेछ । ओपनर रहमानउल्लाह गुरबाजको प्रदर्शन महत्वपूर्ण हुनेछ ।

उनी अष्ट्रेलिया बलरलाई घातक बन्न सक्ने ब्याटर हुन् । राम्रो आशा गरेका गुरबाज विश्वकपमा भने चल्न सकेका छैनन् । त्यस्तै नाजिबउल्लाह ज्रदान र इब्राहिम जद्रानको प्रदर्शन पनि महत्वपूर्ण हुनेछ ।

हेड टु हेड :

अफगानिस्तान र अष्ट्रेलियाबीच टि२० आईमा भने हालसम्म प्रतिस्पर्धा भएको छैन । पहिलो पटक भिड्न लागेका हुन् । अफगानिस्तानले अष्ट्रेलियासँग तीन आडिआई खेल खेलेको छ । जसमा तीनै खेलमा अफगानिस्तान पराजित भएको छ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.