default_image

2 years ago

November 4, 2022

म्याक्सवेलको आक्रामक अर्धशतकमा अष्ट्रेलियाको प्रतिस्पर्धात्मक योगफल

227 views

0 Bookmark

एजेन्सी – अलराउन्डर ग्लेन म्याक्सवेलको आक्रामक अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप अन्तर्गत सुपर १२ को अन्तिम खेलमा अफगानिस्तानलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६८ रन जोड्यो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५४ रनको योगदान दिए । उनले नटआउट रहँदै ३२ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

अष्ट्रेलियाले चोटका कारण नियमित कप्तान आरोन फिन्चलाई विश्राम दिएको थियो । उनको स्थानमा आएका ओपनर क्यामरन ग्रीन २ बलमा ३ रन जोड्दै क्याचआउट भए । डेविड वार्नरले आक्रामक ब्याटिङ गरेपनि उनी २५ रनमा पेभेलियन फर्किए । १८ बलमा ५ चौका प्रहार गरेका वार्नर स्विच हिट प्रहार गर्ने धुनमा नविन उल हकबाट बोल्ड भएका थिए । नविनले फ्याँकेको छैटौं ओभरकै अन्तिम बलमा स्टिभ स्मिथ पनि ४ रन जोड्दै एल्बिडब्लु धरापमा परे । अष्ट्रेलियाले पावरप्लेमा ५२ रन जोड्दै ३ विकेट गुमाएको थियो ।

मिचेल मार्श ३० बलमा ३ चौका र २ छक्कसहित ४५ रन जोड्दै मुजिब उर रहमानको बलमा कट बिहाइन्ड भए । मार्श ११ औं ओभरमा आउट हुँदा अष्ट्रेलियाले ८६ रन जोडेको थियो । मार्कस स्टोइनिस र ग्लेन म्याक्सवेलले पाँचौ विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ अघि बढाए । स्टोइनिस १६ औं ओभरमा रशिद खानको बलमा आउट भए । उनले २१ बलमा २ छक्कासहित २५ रन जोडे ।

कार्यवाहक कप्तान म्याथ्यु वेड ८ बलमा ६ रन जोड्दै फारुकीको बलमा बोल्ड भए । प्याट कमिन्सले खाता खोल्न नसक्दा केन रिचर्डसन १ रनमा रनआउट भए । एडम जाम्पा १ रनमा नटआउट रहे ।

आजको खेलमा जित हासिल गरेमात्र अष्ट्रेलियाको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बन्नेछ । आज अष्ट्रेलिया जितेर भोली श्रीलंकाले इंग्ल्यान्डलाई पराजित गरे घरेलु टोली अघि बढ्नेछ । आज फराकिलो अन्तरको जितले पनि अष्ट्रेलिया रनरेट सुधार गर्न चाहन्छ । हाल अष्ट्रेलिया र इंग्ल्यान्डको १-१ खेल बाँकी रहँदा समान ५-५ अंक छ । यस खेलमा अफगानिस्तानलाई १ सय ६ रनभन्दा कममा समेटे अष्ट्रेलियाले रनरेटमा इंग्ल्यान्डलाई उछिन्नेछ ।

अष्ट्रेलियाको टोली : डेविड वार्नर, क्यामरन ग्रीन, मिचेल मार्स, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, म्याथ्यु वेड, प्याट कमिन्स, एडम जाम्पा, केन रिचर्डसन, जोश हेजलवुड

अफगानिस्तानको टोली : रहमनुल्लाह गुर्बाज, उस्मान घानी, इब्राहिम जदरान, गुल्बदीन नाइब, दार्विस रसुली, नाजिबुल्लाह जदरान, मोहमद नाबी, राशिद खान, मुजिब उर रहमान, नविन उल हक, फजल फारुकी

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.