default_image

2 years ago

November 4, 2022

न्युजिल्यान्ड लगातार तेस्रो पटक टि२० विश्वकपको सेमिफाइनलमा

96 views

0 Bookmark

एजेन्सी – केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड आइसिसी टि२० विश्वकपमा लगातार तेस्रो पटक सेमिफाइनलमा पुगेको छ । न्युजिल्यान्डले अष्ट्रेलियामा जारी टि२० विश्वकप २०२२ मा सुपर १२ को समूह ए मा बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

न्युजिल्यान्ड ५ खेलमा ३ मा जित, समान एक खेलमा हार र अंक बाँड्दै ७ अंकका साथ सुपर १२ को समूह ए बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनाएको हो । जारी विश्वकपमा सेमिफाइनलमा पुग्ने न्युजिल्यान्ड पहिलो टोली हो ।

न्युजिल्यान्ड गतवर्ष टि२० विश्वकपमा फाइनलमा अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो । युएईमा भएको विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनल खेलेको थियो ।

त्यसअघि २०१६ मा भारतमा भएको विश्वकपमा पनि न्युजिल्यान्ड सुपर १० को समूह बी बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित हुँदै न्युजिल्यान्ड बाहिरिएको थियो । यी तीनै विश्वकपमा कप्तान केन विलियम्सन थिए ।

अष्ट्रेलिया ५ खेलमा समान नतिजाको साथ ७ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । न्युजिल्यान्डको नेटरनरेट प्लस २.११३ छ । अष्ट्रेलियाको माइनस ०.१७३ छ । इंग्ल्यान्ड ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । इंग्ल्यान्डको नेटरनरेट प्लस ०.५४७ छ ।

इंग्ल्यान्डले अन्तिम खेलमा शनिबार श्रीलंकासँग खेल्नेछ । इंग्ल्यान्ड विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । इंग्ल्यान्ड पराजित हुँदा अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ । श्रीलंका, आयरल्यान्ड र अफगानिस्तान औपचारिक रुपमा बाहिरिएका छन् । श्रीलंका ४ खेलमा समान २ मा जित र २ मा हार सहित ४ अंकका साथ चौथो स्थानमा छ । आयरल्यान्ड ३ र अफगानिस्तान २ अंकका साथ पाँचौं र पुछारमा छन् ।

यता सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । भारतले अव आइतबार जिम्बावेसँग खेल्नेछ । जिम्बावेलाई हराए सेमिफाइन फाइनलमा पुग्नेछ । पाकिस्तानले आइतबार नै बंगलादेशसँग खेल्नेछ । बंगलादेशलाई हराउँदा र भारतले हारेको खण्डमा पाकिस्तान सेमिफाइनलमा पुग्ने समिकरण छ ।

दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, १ मा हार र १ मा अंक बाँड्दै दोस्रो स्थानमा छ । अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्सलाई हराउँदा दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्नेछ । पाकिस्तान ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ । बंगलादेशको ४ खेलमा समान नतिजाका साथ ४ अंक छ । जिम्बावे ३ र नेदरल्यान्ड्स २ अंकका साथ हुँदै पुछारमा छ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.