2 years ago
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।
जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४८.१ ओभरमा १ सय ९० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा ओपनर रविन्द्रजंग शाहीले १ सय ३८ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ८० रनको योगदान दिए ।
कर्णालीका कप्तान रविन्द्रजंग शाही बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । रविन्द्रलाई अन्तिम विकेटको रुपमा पुरन विकले बोल्ड गरेका थिए ।
तेस्रो विकेटका लागि विपिन शाही र रविन्द्रले ५९ रनको साझेदारी गर्दै एक समय बलियो अवस्थामा पुर्याएका थिए । विपिन शरद भेषवाकरको बलमा मिडअफमा प्रदीप ऐरीबाट क्याच आउट भएपछि कर्णालीले लगातार विकेट गुमाएको थियो । विपिनले ५१ बलमा ५ चौका प्रहार गरे ।
तीव्र गतिका बलर कमलसिंह ऐरीले ओपनर विपिन रावललाई एक रनमा बोल्ड गरे । त्यसपछि क्रिजमा आएका अनुज घर्तीले २१ बलमा ४ चौका र १ छक्कासहित २७ रन जोड्दै राम्रो सुरुवात दिलाए ।
अर्जुन कमलको बलमा एलबीडब्लू आउट भए । त्यसपछि लेगस्पिनर मौसम ढकालले कर्णालीको मध्यक्रम धरासयी बनाएका थिए । खराब सट खेल्दै हिमान्शु शाही एक, अवाश शाह र प्रकाश जैशीले खाता खोल्न सकेनन् ।
दिवान पुन ८ र दीनेश अधिकारी २० रनमा आउट भए । अधिकारीले १७ बलमा २ चौका र १ छक्का हाने । अनुज चनाराले २६ बलमा एक चौकासहित ७ रन बनाए । अन्तिम विकेटका लागि अनुज र रविन्द्रजंग शाहीले ३१ रनको साझेदारी गरेका थिए ।
नेपाल एपिएफ क्लबका मौसम ढकालले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । भुवन कार्कीले १० ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले १० ओभरमा ३ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । पुरन र शरदले एक एक विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफ ४७.२ ओभरमा २ सय ३४ रनमा अल आउट भयो । एपिएफका ओपनर आसिफ शेखले १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेले । उनी अन्तिम विकेटको रुपमा प्रकाश जैशीको बलमा बोल्ड आउट भए ।
आसिफ बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आसिफले १ सय ८ बलमा आफ्नो राष्ट्रिय प्रतियोगिताको पहिलो शतक हाने । करिअरको दोस्रो शतक हो । आसिफले यसअघि २०१६ को एभरेष्ट प्रिमियर लिगमा पञ्चकन्या तेजबाट १ सय ११ रन हानेका थिए । उनी टि२० फ्रेन्चाइजमा शतक हान्ने पहिलो नेपाली खेलाडी हुन् । ५० ओभरको खेलमा पहिलो पटक शतक हानेका हुन् ।
आसिफले ४१ औं ओभरको पहिलो बलमा कप्तान रविन्द्रजंग शाहीलाई चौका हान्दै शतक पूरा गरेका थिए । आसिफ जारी प्रतियोगितामा शतक हान्ने तेस्रो खेलाडी हुन् । यस प्रतियोगितामा पुलिसका दीपेन्द्रसिंह ऐरीले बागमतीविरुद्ध १ सय ८ रन हानेका थिए । प्रदेश एकका अंकित सुवेदीले बागमतीविरुद्धनै १ सय १० रनको इनिङ खेलेका थिए ।
ओपनर प्रदीप ऐरी २९ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । प्रदीप दीनेश अधिकारीको बलमा बोल्ड भएका थिए । आयुषमान बम ३ र लोेकेश बम १० रनमा आउट भए । लोकेश रन आउट भएका थिए ।
सन्दीप जोरा ५, पुरन विक ४, शरद भेषवाकर ६, दीपक बोहरा १० र कमल ऐरी ४ रनमा आउट भए । भुवन कार्कीले २३ बलमा १ चौका र १ छक्कासहित २३ रनमा आउट भए ।
कर्णालीका प्रकाश जैशीले ७।२ ओभरमा ५७ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्र रावतले १० ओभरमा १ मेडनसहित २८ रन खर्चेर ३ विकेट लिए । दिवान पुनले १० ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए ।
एपिएफ ४ खेलमा ३ मा जित र एक खेलमा टाइ हुँदा ७ अंकका साथ शीर्ष स्थानमा छ । एपिएफ शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्ने पक्का भएको हो । एपिएफले आर्मीलाई ५६ र सुदूरपश्चिमलाई १० विकेटले पराजित गरेको थियो । गण्डकी प्रदेशसँग अंक बाँडेको थियो ।
यता आइतबार गण्डकी र आर्मीबीच मुलपानीमा प्रतिस्पर्धा हुनेछ । गण्डकी विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । गण्डकी ३ खेलमा २ मा जित र एक खेल टाइका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लब २ खेलमा १ जित र १ मा हार सहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको कर्णाली र तीन खेल खेलेको सुदुर बाहिरिएका छन् ।
October 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । जनकपुरले मंगलवार सामाजिक संजाल मार्फत पुबुदुलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी गराएको हो । पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक हुन् । पुबुदुको प्रशिक्षणमा नेपाली टोली पहिलो पटक सन् २०१४ मा विश्वकपमा सहभागी भएको […]
October 15, 2024
एजेन्सी – न्युजिल्यान्ड युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । समूह ए को आफ्नो अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्युजिल्यान्डले सेमिफाइनलमा स्थान बनाएको हो । सोमवार दुबईमा भएको खेलमा १ सय ११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रन बनाउँदै अल आउट भयो । पाकिस्तानका लागि कप्तान फतिमा […]
October 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टोलीको तेस्रो चरणमा १८ खेलाडी छनोट भएका छन् । दोस्रो चरणको छनोटमा रहेका २ खेलाडी तेस्रो चरणको बन्द प्रशिक्षणमा परेनन् । नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार तेस्रो चरण छनोट गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ […]