default_image

2 years ago

November 6, 2022

सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिकालाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

91 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले आइसिसी टि२० विश्वकप २०२२ मा दक्षिण अफ्रिकालाई सुपर १२ को समूह बाट सेमिफाइनलमा पुग्न १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ ।

एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । नेदरल्यान्ड्सका कोलिन एकरम्यानले २६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४१ रनमा अविजित रहे ।

ओपनर स्टिफन माइबर्ग ३० बलमा ७ चौकासहित ३७ र म्याक्स ओडाउड २९ रनमा आउट भए । मध्यक्रमका ब्याटर टम कपुरले १९ बलमा २ चौका र २ छक्कासहित ३५ रन जोडे ।

कप्तान स्कर्ट एडवार्ड्सले १२ रन बनाए । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्कियाले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए । स्पिनर केशव महाराजले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । एडेन माक्ररमले एक विकेट लिए ।

यस खेलमा विजयी हुँदा दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्नेछ । आजनै पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । भारतले जिम्बावेसँग खेल्नेछ । भारत विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा बाहिरिने सम्भावना छ । सुपर १२ को समूह ए बाट न्यजिल्यान्ड समूह विजेता र इंग्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.