3 years ago
November 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर रोहन विकको अर्धशतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई १ सय ९१ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मधेश ४६.१ ओभरमा १ सय ९० रनमा अल आउट भयो । मधेशका रोहन विकले ९४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६३ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर नन्दन यादवले आठौं ओभरको चौथो बलमा कप्तान हरिशंकर शाहलाई १३ रनमा बोल्ड गरे । उनले २२ बलमा ३ चौका प्रहार गरे । प्रतिश जि.सीले अर्का ओपनर सन्तोष कार्कीलाई २३ रनमा बोल्ड गरे । सन्तोषले ४८ बलमा ३ चौका हाने ।
विकेटकिपर अनिल शाह सूर्य कुमार यादवको बलमा १० रनमा एलबीडब्लू आउट भएपछि मधेशको ब्याटिङ धरमराएको थियो । युवा ब्याटर विशाल शुश्लिङ २६ बलमा २ चौकासहित ११ रनमा आउट भए ।

मधेशका दुई प्रमुख हिटर विवेक यादव र मोहम्मद आदिल अलाम स्पिनर सूर्य तामाङको बलमा आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो । विवेक ७ रनमा बोल्ड भए । आदिल लङअफमा ईशन पाण्डेबाट ६ रनमा क्याच भएपछि समस्यामा परेको थियो ।
नन्दन यादवले डब्लू मलिकलाई ४ र रुपेश सिंहलाई २ रनमा आउट गरे । राजेश यादवले २१ बलमा २ चौकासहित १६ रन बनाए ।
बागमतीका स्पिनर सूर्य तामाङले १० ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर नन्दन यादवले ९ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ३ विकेट लिए । प्रतिश जि.सीले ७.२ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । रामनरेश गिरीले ८ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]