default_image

2 years ago

November 10, 2022

भारतको टि२० विश्वकप इतिहासकै लज्जास्पद हार

163 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डसँग विश्वकप इतिहासकै लज्जास्पद हार बेहोर्न पुगेको छ । भारत इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरिएको छ ।

टि२० विश्वकप इतिहासमा यो पाँचौं पटक १० विकेटको जित हो । गतवर्ष विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । उक्त विश्वकपमा पाकिस्तानले १ सय ५२ रनको लक्ष्य पछ्याएको थियो । त्यो नै विश्वकपमा ठूलो योगफल पछ्याउँदा १० विकेटको जित थियो ।

टि२० विश्वकप इतिहासमा सेमिफाइनलमा यो पहिलो पटक १० विकेटको हार हो । अष्ट्रेलियाले २००७ को टि२० विश्वकपको समूह चरणमा श्रीलंकालाई १० विकेटले हराएको थियो । उक्त खेलमा अष्ट्रेलियाले १ सय २ रनको विजयी लक्ष्य पछ्याएको थियो । २०१२ को विश्वकपमा दक्षिण अफ्रिकालो जिम्बावेलाई १० विकेटले हराएको थियो । दक्षिण अफ्रिकाले ९४ रनको लक्ष्य ४४ बल अगाडिनै पूरा गरेको थियो ।

गतवर्ष ओमानले पपुवा न्युगिनीलाई १ सय ३० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा १० विकेटले नै हराएको थियो । गतवर्ष पाकिस्तानले १ सय ५२ रनको विजयी लक्ष्य पछ्याउँदा १३ बल अगाडि १० विकेटले हराएको थियो ।

टि२० विश्वकप इतिहासमा १ सय ७० रनको साझेदारी सर्वाधिक हो । यसअघि यसै विश्वकपमा दक्षिण अफ्रिका राइली रोसोउ र क्विन्टन डि ककले बंगलादेशविरुद्ध दोस्रो विकेटका लागि १ सय ६८ रनको साझेदारी गरेका थिए । त्यो नै विश्वकप इतिहासको सर्वाधिक ठूलो साझेदारी थियो ।

टि२० क्रिकेटमा कुनै विकेट नगुमाई पूरा गरेको यो दोस्रो ठूलो योगफल हो । पाकिस्तानले अघिल्लो महिना इंग्ल्यान्डलाई १० विकेटले हराएको थियो । त्यस बेला पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवानले कुनै विकेट नगुमाई २ सय रनको योगफल पूरा गरेका थिए ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे । कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए ।

विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए । इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । इंग्ल्यान्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग खेल्नेछ ।

पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्ड सन् २०१० र पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हुन् ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.