default_image

2 years ago

November 11, 2022

दीपेन्द्रको सानदार कीर्तिमानी शतकमा पुलिसको विशाल योगफल

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान दीपेन्द्रसिंह ऐरीको सानदार कीर्तिमानी शतक र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ सय ५ रनको विशाल लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४ रन बनायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले १ सय २५ बलमा ११ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ४० रनको इनिङ खेले । दीपेन्द्रको यो राष्ट्रिय प्रतियोगितामा हालसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

यसअघि गतवर्ष काठमाडौं मेयर्स कपमा दीपेन्द्रले एपिएफविरुद्ध १ सय ४० रनको इनिङ खेलेका थिए । काठमाडौं मयर्स कप भने राष्ट्रिय प्रतियोगिता थियो । त्यस्तै प्रधानमन्त्री कपमा यो दोस्रो ठूलो इनिङ हो । यसअघि एपिएफका प्रदीप ऐरीले २०१८ मा मधेश प्रदेश (तत्कालिन प्रदेश २) विरुद्ध १ सय ५८ रन बनाएका थिए ।

दीपेन्द्र प्रधानमन्त्री कपमा एकै प्रतियोगितामा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । दीपेन्द्रले ४३ औं ओभरको अन्तिम बलमा हरि चौहानलाई काउकर्नरमा चौका हान्दै १ सय ७ बलमा शतक पूरा गरेका थिए । दीपेन्द्रले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध ८२ बलमा ११ चौका र ४ छक्कासहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

यसअघि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता चार संस्करण सकिँदा कुनैपनि खेलाडीले एकै प्रतियोगितामा दुई शतक प्रहार गरेका थिएनन् । चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गरे । प्रधानमन्त्री कपमा यो दोस्रो पटक दोहोरो शतकीय साझेदारी हो ।

यसअघि प्रदीप ऐरी र सुवास खकुरेलले दोस्रो विकेटका लागि २०१८ मा मधेशविरुद्ध २ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए । आरिफ शेख १ सय ९ बलमा ८ चौका र २ छक्कासहित ९१ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल ३२ बलमा ५ चौका र १ छक्कासहित ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।

आर्मीका विक्रम सोब १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सुशन भारीले एक विकेट लिए । फाइनल खेल शनिबार हुनेछ । पहिलो खेलमा नेपाल एपिएफ क्लबले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.