3 years ago
November 12, 2022
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले अष्ट्रेलियाका तीव्र गतिका बलर जेसन बेहरेनडोफलाई इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को लागि मुम्बई इन्डियन्सलाई बेचेको छ ।

बेंगलोरले आइपिएल २०२२ को अक्सनमा उनलाई ७५ लाख भारुमा किनेको थियो । त्यहिँ मूल्यमा मुम्बईलाई बेचेको हो । २०२१ को आइपिएल उपाधि चेन्नईले जित्दा बेहरनडोफ टोलीका सदस्य थिए । चेन्नईले त्यो सिजनमा उनलाई तीव्र गतिका बलर जोश हेजलवुडको स्थानमा लिएको थियो ।
२०१८ मा उनले मुम्बईबाट खेलेका थिए । आइपिएलमा उनले ५ खेलमा ५ विकेट लिएका छन् । अष्ट्रेलियाबाट ९ टि२० आईमा ७ विकेट लिएका छन् । २०१७ मा भारतविरुद्ध टि२० क्रिकेटमा गुहावाटीमा एकै खेलमा चार विकेट लिएपछि उनको माग आइपिएलमा बढेको थियो ।
बायाँ हाते बलर बेहरेनडोफ २०१८ देखि २०२० सम्म मुम्बईमा थिए । तर उनले २०१९ को सिजनमात्रै खेल्ने अवसर पाएका थिए । मुम्बईमा लागि मलिंगा, जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट लगायतका बलर हुँदा मौका पाउन सकेनन् । यस सिजनमा मुम्बईको तीव्र गतिको बलरमा बेहरेनडोफ, बुमराह, जोफ्रा आर्चार, ड्यानिल साम्स र राइली मेरिडीथ छन् ।
आइपिएलको सर्वाधिक सफल टोली मुम्बई गत सिजनमा १० टोली सहभागी प्रतियोगितामा पुछारमा रहेर बाहिरिएको थियो । आइपिएल २०२३ को मिनी अक्सन आगमी डिसेम्बर २३ मा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]