3 years ago
November 13, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड दोस्रो पटक टि२० विश्वकप जित्ने सोचमा छन् ।

इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँग भेट पक्का गरेको हो । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको थियो ।
अघिल्लो महिनामात्रै पाकिस्तान र इंग्ल्यान्डबीच सर्वाधिक धेरै खेलको टि२० आई सिरिज भएको थियो । पाकिस्तानमा भएको सात टि२० आई खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको थियो ।
पाकिस्तानले सन् २००९ को फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसअघि पहिलो संस्करण २००७ को पाकिस्तान भारतसँग फाइनलमा पाँच रनले पराजित भएको थियो । पाकिस्तान १३ वर्षपछि फाइनलमा स्थान बनाएको हो । यता इंग्ल्यान्डले २०१० को फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।

२०१६ को टि२० विश्वकपमा इंग्ल्यान्ड वेस्टइन्डिजसँग चार विकेटले पराजित भएको थियो । अन्तिम ६ बलमा १९ रन चाहिँदा वेस्टइन्डिजका कार्लोस व्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का हान्दै अविश्वसनिय उपाधि जिताएका थिए ।
फाइनलमा इंग्ल्यान्ड र पाकिस्तानबीच ३० वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । सन् १९९२ को एकदिवसीय विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डलाई २२ रनले हराउँदै उपाधि जितेको थियो । त्यस समयका सबै जसो संयोग पाकिस्तानको लागि दोखोरिएका छन् ।
यस विश्वकपमा इंग्ल्यान्ड र पाकिस्तान दुबै उप–विजेता टोली हुन् । इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । इंग्ल्यान्ड वर्षाको कारण आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले स्तब्ध भएको थियो । अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो ।

अष्ट्रेलियासँग वर्षाको कारण अंक बाँडेको थियो । यता पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएको थियो । त्यसपछि नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हराएको थियो । अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।
पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण र इंल्यान्डको ब्याटिङ मजबुत छ । उता एलेक्स हेल्स र जस बटलर जस्ता विष्फोटक ब्याटर हुँदा यता शाहिन शाह अफ्रिदी र हरि रौफ जस्ता तीव्र गतिका बलर छन् ।
भारतलाई १० विकेटले हराएको इंग्ल्यान्डको मनोबल उच्च हुनेछ । ओपनर एलेक्स हेल्सले ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रन बनाएका थिए । जस बटलरले ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित थिए । यस विश्वकपमा यी दुई ओपनरले सानदार सुरुवात दिलाउँदै आएका छन् । यी दुई मध्य एक खेलाडी टिक्दा पनि पाकिस्तानमाथि विशाल योगफल बनाउन सक्छ ।

इंग्ल्यान्डको ब्याटिङमा धेरै गहिराई छ । ओपनर सस्तैमा आउट हुँदा पनि मध्यक्रममा भरपर्दा ब्याटर बेन स्टोक्स, लियाम लिभिङस्टोन र ह्यारी ब्रुक छन् ।
यी तीनै ब्याटर विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । पाकिस्तानसँगको सात टि२० आई सिरिजका सर्वोत्कृष्ट खेलाडी ह्यारी ब्रुक पुन हिरो बन्न सक्छन् । हेल्स र ब्रुकले पाकिस्तान सुपर लिग लगातार खेलेको झनै सहज हुनसक्छ ।
मध्यक्रम नचल्दा तल्लोक्रम पनि त्यतिनै मजबुत छ । तल्लोक्रममा साम करन, मोईन अली र क्रिस वोक्स हुनेछन् । यी तीनै अलराउन्डर राम्रो ब्याटिङको क्षमता राख्छन् । क्रिस जोर्डन पनि हिटिङको क्षमता भएका बलर हुन् ।

इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले सेमिफाइनल गुुमाएका थिए । वुड फिट हुँदा क्रिस जोर्डन बाहिर हुनसक्छन् । अन्यथा साम करन, वोक्स र जोर्डन प्रमुख बलर हुनेछन् । बेन स्टोक्स चौथो विकल्न हुनेछन् । आदिल राशिदले यस प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । उनी पनि नायक बन्न सक्छन् । स्पिनरमा आदिल र मोईन अली हुनेछन् । पार्टटाइममा लिभिङस्टोनलाई प्रयोग गर्न सक्छ ।
यता पाकिस्तानका कप्तान बाबर आजम र मोहम्मद रिजवान लयमा फर्किएका छन् । प्रमुख दुई ब्याटर लयमा फर्किदा पाकिस्तानको मनोबल झनै उच्च छ । सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतकीय साझेदारी गर्दै दुबैले अर्धशतक प्रहार गरेका थिए । यी दुई ब्याटरबाट पाकिस्तान उत्कृष्ट ब्याटिङ चाहन्छ ।

दुई मध्य एक अन्तिम सम्म क्रिजमा रहँदा बलियो योगफल बनाउन सक्छ । अघिल्लो महिना दोस्रो टि२० आई खेलमा पाकिस्तानले २ सय रनको योगफल कुनै विकेट नगुमाई पूरा गरेको थियो । त्यसैले मनोबल झनै उच्च हुनेछ ।
युवा ब्याटर मोहम्मद हरिस निडर रुपमा ब्याटिङ गर्दै आएका छन् । उनी गेम चेन्जर हुन सक्छन् । पाकिस्तानको मध्यक्रम कमजोरीको रुपमा छ । इफ्तिखार अहमद, शान मसुद र शादब खान हुनेछन् । यी तीन ब्याटरले जिम्मेवारीको साथ ब्याटिङ गर्नुपर्ने हुन्छ ।
यस विश्वकपमा यी तीन ब्याटरले उच्च प्रदर्शन पनि गर्दै आएका छन् । शादब खानले दक्षिण अफ्रिकाविरुद्ध २० बलमै अर्धशतक हानेका थिए । पाकिस्तानको ब्याटिङमा गहिराई छ । मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियर पनि राम्रो ब्याटिङको क्षमता राख्छन् ।

पाकिस्तानको मुख्य हतियार बलिङ आक्रामण हो । शाहिन शाह अफ्रिदी, हरिस रौफ, नसिम शाह र मोहम्मद वासिम जुनियर छन् । यी चार तीव्र गतिको बलर सामु रन जोड्न इंग्लिस ब्याटरलाई सहज हुनेछैन ।
हेड टु हेड :
इंग्ल्यान्ड र पाकिस्तानबीच हालसम्म २८ टि२० आई खेल भएका छन् । जसमा इंग्ल्यान्ड १८ र पाकिस्तान ९ खेलमा विजयी भएका छन् ।
वर्षा भए के हुन्छ ?
फाइनलमा आइसिसीको नियम अनुसार वर्षा भए कम्तिमा १० ओभरको खेल हुनुपर्छ । आज नभए भोली खेलाउनु पर्छ । भोली नभए बाँड्नु पर्ने हुन्छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]