default_image

2 years ago

November 13, 2022

जन्मदिन पार्टीमा म्याक्सवेलको खुट्टा भाँचियो

143 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल खुट्टा भाँचिएपछि मैदानबाहिर रहने भएका छन् । मेलबर्नमा शनिबार एक जन्मदिनको पार्टीमा लड्न पुग्दा म्याक्सवेल घाइते हुन पुगेका हुन् ।

इएसपिएनक्रिकिन्फोका अनुसार म्याक्सवेलको फिबुला हड्डी भाँचिएपछि शनिबार नै शल्यक्रिया गरिएको छ । जन्मदिनको पार्टीमा सहभागी म्याक्सवेल बगैंचामा जन्मदिन मनाइरहेका साथीसँग कुद्दै गर्दा लड्न पुगेका थिए । दुवै जनाले कुनै मादक पदार्थ सेवन नगरेको जनाइएको छ ।

म्याक्सवेल घाइते भएसँगै विहीबारदेखि सुरु हुने एकदिवसीय सिरिजबाट बाहिरिएका छन् । उनले यस सिजनको बिग ब्यास लिग पनि गुमाउने सम्भावना रहेको छ । फेब्रुअरीमा भारतविरुद्ध हुने टेस्ट सिरिजका लागि उनी फर्कने आँकलन गरिएको छ ।

इंग्ल्यान्डविरुद्ध सिरिजका लागि अष्ट्रेलियाले म्याक्सवेलको स्थानमा सन अबोटलाई बोलाएको छ । क्रिकेटमा खेलबाहिर भएको यो वर्षको पहिलो ठूलो दुर्घटना होइन । यसअघि इंग्ल्यान्डका जोनी बेयरस्टो गल्फ खेल्दा लडेपछि खुट्टाको चोटका कारण लामो समयदेखि मैदानबाहिर रहेका छन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.