default_image

2 years ago

November 13, 2022

नेपाल र युएईबीच हुने ओडिआई सिरिजको टिकट मूल्य निर्धारण

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारदेखि सुरु हुने नेपाल र युएईबीचको त्रिकोणात्मक ओडिआई सिरिजको मूल्य निर्धारण गरेको छ ।

नेपाल र युएईबीचको खेलको टिकटको मूल्य २ सय नेपाली रुपैयाँ तोकिएको छ । टिकटको जिम्मा प्रभू पे ले पाएको छ ।

नेपाल र युएईबीचको पहिलो खेल पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । तेस्रो खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग सिरिज खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ ।

नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हार सहित १७ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा ८ घरेलु मैदान टियु र ८ विदेशी भूमिमा छन् । विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनी हुनेछ । नेपाल शीर्ष तीनमा परे सोझैं एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

युएईको टोली :

सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप-कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।

नेपाली क्रिकेट टोली :

रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.