default_image

1 year ago

November 13, 2022

इंग्ल्यान्डलाई १२ वर्षपछि टि२० विश्वकप उपाधि

एजेन्सी – इंग्ल्यान्डले १२ वर्षपछि आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । इंग्ल्यान्डले सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । इंग्ल्यान्ड २०१६ को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । उक्त […]

159 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले १२ वर्षपछि आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो ।

इंग्ल्यान्डले सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । इंग्ल्यान्ड २०१६ को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो ।

उक्त खेलमा अन्तिम ६ बलमा वेस्टइन्डिजलाई १९ रन चाहिँदा कार्लोस व्रेथवेटले लगातार चार छक्का हान्दै जिताएका थिए ।इंग्ल्यान्डले २०१९ मा न्युजिल्यान्डलाई सुपर ओभर टाइ भएपछि बाउन्ड्री बढी प्रहारको आधारमा उपाधि जितेको थियो । सन् १९९२ को फाइनलमा भने पाकिस्तानसँग इंग्ल्यान्ड २२ रनले पराजित भएको थियो ।

इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले तथा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

इंग्ल्यान्ड र पाकिस्तानबीच फाइनलमा सन् १९९२ को एकदिवसीय विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धा गरेका थिए । इंग्ल्यान्ड च्याम्पियन्स ट्रफी २००४ को फाइनलमा वेस्टइन्डिजसँग दुई विकेट र २०१३ मा भारतसँग पाँच रनले पराजित भएको थियो ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडे । इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिए ।

April 15, 2024

आफ्नै कीर्तिमान सुधार्दै हैदराबाद विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो । यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ […]

April 15, 2024

कुवेतको दोस्रो जित 

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी एसीसी प्रिमियर कपमा कुवेतले दोस्रो जित दर्ता गरेको छ । पहिलो खेलमा युएई विरुद्ध हार बेहोरेको कुवेतले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा बहराइन माथि २६ रनको जित निकालेको हो । वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा १६२ रनको विशाल लक्ष्य पछ्याएको बहराइनले ६ विकेट गुमाउँदै १३५ रन मात्र […]

April 15, 2024

ओमानको युएईविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कपमा घरेलु टोलीमा ओमानले लगातार तेस्रो जित दर्ता गरेको छ । लगातार तेस्रो जित हासिल गर्ने क्रममा ओमानले युएई माथि ९ विकेटको सानदार जित निकालेको हो । वर्षाका कारण १५ ओभर प्रति टोलीमा घटाइएको खेलमा युएईले दिएको १४३ रनको लक्ष्य ओमानले १२.४ ओभरमै १ विकेट मात्र गुमाएर […]

Success

Thank you for your time.