3 years ago
November 13, 2022
एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत फाइनलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले उपाधि जित्यो । इंग्ल्यान्डले उपाधि जित्दा टोलीका मुख्य प्रशिक्षक म्याथ्यु मोटले भने दुर्लभ उपलब्धि हासिल गरेका छन् । उनले एकै वर्षमा दुई विश्वकप जित्ने सफलता आत्मसात गरे ।

सन् २०२२ जुन महिनामा इंग्ल्यान्डको सिमित ओभर क्रिकेट टोलीका प्रशिक्षकमा नियुक्त भएका मोटले यसअघि अप्रिलमा पनि विश्वकप जितेका थिए । अष्ट्रेलियाको महिला टोलीका प्रशिक्षक रहेका उनले महिला एकदिवसीय विश्वकप उपाधि जिताएका थिए ।
मोटले अष्ट्रेलियाली टोलीसँग रहेर महिला क्रिकेटमा सम्भव सबै सफलता हासिल गरेपछि पुरुष क्रिकेटतर्फ ध्यान दिने सोच बनाएका थिए । जुन महिनामा इंग्ल्यान्डले सिमित ओभर र टेस्ट क्रिकेटका लागि फरक प्रशिक्षक राख्ने योजनासँगै मोटलाई सेतो बलको प्रशिक्षक बनायो । टेस्ट क्रिकेटमा भने न्युजिल्यान्डका ब्रेन्डन मक्कुलम प्रशिक्षक छन् । उनको बाज-बल शैलीको पनि निकै चर्चा भएको छ ।

मोटले फाइनलअघि एसइएनसँग बोल्दै सहि समय र सहि ठाउँमा जाने आफ्नो रणनीति रहेको बताए । ‘प्रशिक्षण करिअरमा अरु मान्छेबाट धेरै सिक्न पाइन्छ र आफूबारे पनि बुझिन्छ । सहि समयमा सहि ठाउँ पुग्ने मेरो रणनीति छ,’ उनले भने ।
‘महिला क्रिकेटमा महिले उत्कृष्ट खेलाडीसँग काम गरें । अहिले इंग्ल्यान्डमा पनि राम्रो युगमा छु । अझ हाम्रो टोलीमा जोनी बेयरस्टो र जोफ्रा आर्चरको कमी छ । यसका बाबजुद हामीले राम्रो खेलिरहेका छौं,’ उनले भनेका थिए । इंग्ल्यान्डका कप्तान जस बटलरले पनि प्रशिक्षक मोटसँग मिलेर अझ सफलता रच्ने विश्वास रहेको बताएका थिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]