default_image

2 years ago

November 14, 2022

नेपालविरुद्ध मुस्तफाको अर्धशतक

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईका अनुभवी बायाँ हाते अलराउन्डर रोहन मुस्तफाले नेपालसँगको पहिलो ओडिआई खेलमा अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ३९ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको छ । मुस्तफा ७३ बलमा ७ चौकासहित ५३ रनमा आउट भए ।

मुस्तफाको यो ओडिआई करिअरको छैटौं अर्धशतक हो । मुस्तफाको नेपालविरुद्ध दोस्रो अर्धशतक हो । गत मार्चमा मुस्तफाले नेपालविरुद्ध ६० रन बनाएका थिए । टियु एण्डबाट आएका तीव्र गतिका बलर गुलशन झाले आक्रामक सुरुवात गरेका ओपनर मोहम्मद वासिमलाई ४४ रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । वासिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

अन्तिम बलमा कभरमा कुशल भुर्तेलले युएईका कप्तान सिपी रिजवानको दुई रनमा उत्कृष्ट क्याच लिएपछि नेपालले एकै ओभरमा दुई विकेट लिएको थियो । युएईको सुरुवात भने राम्रो रह्यो । पहिलो विकेटका लागि वासिम र वृत्य अरविन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका हुन् ।

११ औं ओभरको चौथो बलमा नेपालले वृत्य अरविन्दलाई १८ रनमा रन आउट गर्न चुकेको थियो । नन स्ट्राइकबाट मोहम्मद वासिमसँग तालमेल नमिल्ला उनी पिचको आधा भागमा गएर फर्किनु परेको थियो । नेपाललाई रन आउट गर्ने राम्रो अवसर आएपनि चुकेको थियो ।

चोभार एण्डबाट आएका स्पिन अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईका युवा स्टार वृत्य अरविन्दलाई २७ औं ओभरको पाँचौं बलमा एलबीडब्लू आउट गरे । अरविन्दले ८२ बलमा ६ चौकासहित ४० रनमा आउट भए । तेस्रो विकेटका अरविन्द र रोहन मुस्तफाले ५२ रनको साझेदारी गरेका थिए ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.